तल्लो जातको भनेर प्रिन्सिपलले विधालयबाट निकाला गरे

सृजा थापा ,बारा -  जेठ २०  , विभेद बिरुद्ध अभियान  – बाराको सिम्रौनगढका एक दलित परिवारका  तीन जना बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् ।रौतहट जिल्ला ईनरबारी वडा नं. ६ घर भई सिम्रौनगढ नगरपालिका ९ ससुराली घरमा १० बर्ष देखि बस्दै आएका जगरनाथ मलिका एक छोरी र दुई छोरालाई सोनी ईगंलिस बोर्डिंगका प्रिन्सिपलले विधालयबाट निकाला गरे पछि उनीहरु शिक्षा लिन बाट बंचीत भएका हुन । 
सानै उमेरमा विवाह गरिने परम्परालाई चुनौती दिदै आफ्ना सन्तानलाई शिक्षित बनाई असल काम गर्न अगाडी बढाउने सोच राखि ६ महिना पहिले तीनै जनाको नाम एडमिसन गराई ठूलो ईच्छाका साथ र्बोडिंगमा पढाईरहेकोमा त्याहाँका अरबिन्द, सन्दीप, सुजित नाम गरेका शिक्षकहरुले त तल्लो जातको हो भनेर हेला गरी भेदभाव गरी भगाएका  पिडीतहरुले बताएका छन जगरनाथ मल्ली संग एक जना १० बर्षिय छोरी पुनम कुमारी, ७ बर्षिय छोरा सन्तोष कुमार मल्ली र ५ बर्षिय छोरा गोलु मल्लीलाई पढाएर सरकारी नोकरीमा लगाउने धोको भने एक छिनमै दलित भएकै कारणले पुरा नहुने आमा शोभा देवी मल्लीले बताउनु भयो सिम्रोनगढका स्थानीय अगुवा रामजनम महतोलाई यो कुरा भन्दा महतोले प्रिन्सिपललाई सम्झाउँदा समेत नमानी जगरनाथ मल्लीलाई धक्का दिएर बोर्डिगबाट निकालेका थिए ।

२०६८ सालमा नेपालमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन बनि कार्यान्वयनको अवस्थामा यसरी मानवीय क्रुरता देखाउनु लोकतन्त्रको उपहास गर्नु हो । मानव अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्धी, महासन्धी, घोषणा पत्र जारी रहे पनि बाराका यी दलित समुदायमा भने मानव अधिकारको सुनिश्चितता भएको छैन ।बाल अधिकार सम्बन्धि महासन्धिले शिक्षालाई बालबालिकाहरुको नैसर्गिक अधिकारको रुपमा अंगिकार गरेको भए पनि दानवका गुण भएका ती शिक्षकहरुलाई कडा भन्दा कडा कार्यवाहीको आवश्यकता रहेको ग्रामीण विकास केन्द्र बाराका कार्यक्रम संयोजक राजनारायण रामले बताउनु भयो ।केन्द्रले सिम्रौनगढ  कंकाली उमाविको प्रांगनमा आयोजना गरेको विद्यालय भर्ना अभियानमा मल्लीले आफ्ना बालबालिकाहरुलाई नाम दर्ता गराउन आए पछि यो भेद खुलेकोछ ।

 यस सम्बन्धमा जिल्ला शिक्षा कार्यालय बाराका बि.नि. अशोक रौनियारसंग सोध्दा श्रोत व्यक्ति युगलकिशोर सिंहको मार्फत जिल्ला शिक्षा कार्यालयमा आए पछि कार्यवाही अगाडी बढाउने बताउनु भयो  । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसंग फोन सम्पर्क गरी भने पछि बालबालिकाहरुको नाम दर्ता भएको रसिद, पैसा बुझाएको रसिद साथ निवेदन दिएपछि आवश्यक कार्यवाही अगाडी बढाउने बताउनु भयो । उनका अनुसार कसैले कसैलाई जातपात, रंगभेद, लिंगको आधारमा भेदभाव गरी शिक्षाबाट बञ्चित गराउने दुत्साह गरेमा कडा भन्दा कडा कार्यवाही गर्ने बताएका छन् ।
स्रोत:- सस्कार एफ एम 

No comments:

Post a Comment