भक्तपुर , जेष्ठ २२ -विभेद बिरुद अभियान ।कान्छा सुनवार ३३ दिनपछि सामान्य जीवनमा फर्किएका छन् । गाउँघरमा सबैको फलामको काम गर्ने सुनवारले काम गर्न छाडेपछि धेरै बेरोजगार भए । धेरैले घरखेतको काम गर्न पाएनन् । महाभूकम्पले घर भत्किएर खेतबारीमा काम गर्ने साधन सवै पुरीए पछि सुनवारका बिस्ट चिन्तित थिए । महिना दिन बित्तिसक्दा पनि सानातिना भूकम्प आउन छाडेन । कान्छाका बिस्टले काम नगर्दा धेरैको दैनिकी बदलिन पनि पाएन । बिस्टहरू फलामको काम लिएर दैनिकी आउने गरिरहेका थिए । गत १२ बीशाख बिहानसम्म आरानका काम गरेका सुनवारले त्यसपछिका दिन काम गर्नसक्ने अवस्था थिएन । उनको न आरान थियो, न त बस्ने ठाउँ । सबैको प्रिय मानिने सुनवारको भकम्पले दुईतले कच्ची घर ध्वस्त भयो । एक महिनासम्म नजिकका कृषि सेवा केन्द्रमा बिताएका उनले अहिले भने घर माथिको जग्गा सम्याएर जस्ताको कटेज बनाएका छन् । दुःखसुख सरसापट गरेर कटेज बनाएका उनको हातमुख जोड्ने काम नै टुटेपछि निकै कठिन भइरहेको थियो । आफैले निर्माण गरेको टहराको ढाकामा उनले सुक्रबारबाट आरानका काम पनि थालेका छन् । यतिखेर उनलाई भ्याइ नभ्याइ छ ।उनीकहाँ सयौं फलामको काम लिएर आइरहेका छन् ।बिहानदेखि बेलुकासम्मै उनलाई आरानको काम गरेर फुर्सद हुँदैन । आरानको काम लिएर आएका ताथलीका कृष्णबहादुर खड्का कान्छा हरेक कुरामा
सिप भएको इमानदार व्यक्ति भएको बताउँछन् । ‘एक्ला ज्यानले भ्याउनु पछु ,धेरै बिस्ट छन,’ उनी भन्छन । कान्छा जसले जहा बाट काम लिएर आए पनि कहिल्यै सक्दिन“ नभन्ने फुर्सद पनि नभएका स्वभावका व्यक्ति भएको खड्का बताउँछन् । पहिला २ सय घरधुरीभन्दा बढी कान्छाका बिस्ट थिए । तर, एक्लो ज्यानले काम गर्नुपरेपछि उनका बिस्ट घटेका छन् । अहिले पनि सयको हाराहारीमा छन् । उनी धेरैको ज्यालादारीमा काम गछर्न । प्रति घर धुरी बाट बर्षमा काम हेरेर ज्याला उठछ । कस बाट बर्षमा ६ पाथिसम्म उर्ठछ । ‘कसबाट ३ पाथि मात्र उठछ,’ उनी भन्छन जे भए पनि बिस्टहरू सवै ले माया गर्नु हुन्छ ।परिवार पाल्न पुगेको छ ।’राहतका नाममा एकबारा चामल पाए पनि नगद भने अहिलेसम्म नपाएको उनी बताउछन“ । जस्तापाता किन्न सरकारल १५ हजार दिने निर्णय गरे पनि उनले त्यसको भर परेका छैनन् । ‘सरकारको भर परेर हुँदैन,’ उनी भन्छन्, ‘आफैं केही गर्नुपर्छ भन्ने सोचले गाउँलेसँग सरसापट गरेर टहरो बनाएको हुँ ।’ भक्तपुर महामञ्जुश्री–नगरकोट नगरपालिका–३ गोठालेचौरका ५२ वर्षीय सुनवारले सानैदेखि फलामको काम गर्न थालेका हुन् । निम्न मध्यम परिवारका उनको सात जनाको परिवार छ । त्यही पनि उनी भकम्पल ू घर भत्किएर आत्तिएका छैनन् । ‘अरू केही नभए पनि हातमा सिप छ,’ उनी भन्छन्, ‘बिस्टहरू सबैले माया गर्छन् । काम लिएर आउँछन् । कामको दुःख छैन ।’ उनी दिनभर खाली हात बस्नुभन्दा आरानको काम गर्नमै बढी आनन्द आउने बताउँछन् । ‘भूकम्प भनेको आउने–जाने गरिरहन्छ,’ भन्छन्, ‘त्यसो भन्दैमा काम नगरी बस्ने कुरा पनि भएन ।’
स्रोत:- राजधानी
No comments:
Post a Comment