चिल्हिया गाविस पश्चिमाञ्चल कै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त

रुपन्देही, २१ जेठ-विभेद बिरुद्ध अभियान  । चिल्हिया गाविस रुपन्देहीलाई पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ ।
चिल्हिया गाविसको आयोजना तथा जागरण मिडिया सेन्टरको सहकार्यमा रुपन्देही क्षेत्र नं २ का सभासद् तथा राप्रपा संसदीय दलका नेता दीपक बोहराले एक कार्यक्रमबीच बुधबार छुवाछुत मुक्त गाविस घोषणा गर्नुभएको हो ।
सो अवसरमा नेता बोहराले पश्चिमाञ्चल विकास क्षेत्रमै चिल्हिया गाविसबाट सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले चिल्हिया गाविसलाई देशकै नमुना गाविसको रुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।
स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले सामाजिक सुधारको अभियानको रुपमा रुपन्देहीको चिल्हिया गाविसले उदाहरणीय काम गरेको बताउँदै समाजमा विद्यमान कुरीतिलाई हटाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा ब्राह्मण समाज चिल्हियाका अध्यक्ष जीवराज रेग्मी र क्षेत्री समाज चिल्हियाका अध्यक्ष लीलाबहादुर पौडेल, स्थानीय राजनीतिक दलका नेता, नागरिक समाजलगायतले ऐक्यबद्धता जनाउनुभयो ।

No comments:

Post a Comment