त कमिनीले पाउँदिनस् राहत भन्दै निर्घात कुटपिट

काठमाडौं - ९ जेठ, विभेद बिरुद अभियान  । भूकम्पबाट घर क्षति भएकोले राहत लिन लाइनमा बस्नुभएकी एक दलित महिलामाथि राजधानी काठमाडौंमै निर्घात कुटपिट गरी घाइते बनाइएको छ । 

काठमाडौंं रामकोट ४ (हाल नागर्जुन नगरपालिका ७ ) निवासी सरस्वती सुनारमाथि स्थानीय दीपक भट्टराईका परिवारले निर्घाट कुटपिट गरी घाइते बनाएका हुन् । 

गत वैशाख २९ गते वल्र्ड भिजन नामक संस्थाले भूकम्पपीडित रामकोटका स्थानीयलाई दुई–दुई वटा पाल र ब्ल्याङ्केट वितरण गर्ने क्रममा सुनारमाथि भट्टराईले निर्घात कुटपिट गरी घाइते बनाएको पीडित सरस्वती सुनारले बताउनुभयो । राहत आएको थाहा पाउने बित्तिकै बिहान ११ बजेदेखि लाइन बस्दा ३ बजेमात्र राहत वितरण गर्न थालिएको थियो,पीडित सुनारले भन्नुभयो,“बेलुकी ६ बजिसक्दा पनि राहतको लागि नाम नआएपछि अगाडि गएर बुझ्दा आफ्नो नाममा आएको राहत राजन गिरीले लिइसकेको रहेछ ।” मेरो नामको राहत किन अर्कैको नाम गरेको व्यक्तिले लगेको भन्दा दीपक भट्टराईले तैले पाउँदिनस् त्यो राहत सरस्वती भट्टराईको हो भन्ने जवाफ पाएको पीडित सुनारले बताउनुभयो । त्यसपछि खड्गबहादुर विश्वकर्माले पाउने राहत पनि ज्ञानी तामाङ भन्ने व्यक्तिले लगेपछि मेरो त अर्कैले लग्यो खड्गको राहत पनि किन अर्कैले दिएको भन्दा दीपकका छोरा दिपेशले त कमिनीले पाउँदिनस् भन्दै मनपरी बोलेको पीडित सुनारको भनाइ छ । 
तत्काल स्थानीय स्वास्थ्य चौकीमा उपचारर्थ लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि सुनारलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । 
ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. विप्लव सापकोटाले कुटिएकी सुनारको देव्रे हातको माथिल्लो पाटो भाँचिएको जानकारी दिदै त्यसलाई प्लाष्टर गर्न नमिल्ने बताउनुभयो । ढाडको हड्डी र हातको पातोको बिचमा भाँचिएकोले प्लाष्टर गर्न नमिल्ने बताउँदै डा. सापकोटाले त्यसको लागि फिजियोथेरापी गर्नुकोसाथै औषधि सेवन गर्नुपर्ने बताउनुभयो । 
पीडित सुनारले कुटपीट गर्ने भट्टराईले स्थानीय भीमढुंगा प्रहरी चौकीमा कुटेको होइन भनी मिलापत्र गर्न दबाब दिएको जानकारी दिदै सुनारले आफू अब न्यायको लागि अदालत जाने तयारीमा रहेको बताउनुभयो ।

No comments:

Post a Comment