प्रस्तावित संविधानको मस्यौदामा राष्ट्रिय दलित आयोगको सुझाव पेश

गोपाल सिवा - काठमान्डौ , ६ साउन , विभेद बिरुद अभियान । राष्ट्रिय दलित आयोगको नेतृत्वमा दलित संघसंस्थाका अगुवा सहित आज  सविधानसभाको अध्यक्ष सुवास चन्द्र नेम्वाङलाइ वहाकै कार्यकक्षमा भेटी सुझाव पेश गरिएको छ । राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाईनु प्रशंसा योग्य कुरा भए पनि दलित समुदायका हक अधिकारहरु अझै स्पष्ट नभएको र मुख्य विषयहरु छुटेको भन्दै  ल्याइएको प्रस्तावित संविधानको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राष्ट्रिय दलित आयोगले सशोधन प्रस्ताब पेश गरेको हो ।

तस्बिरहरु सौजन्य : भद्रमान मोते ज्युको फेसबुक बाट

राष्ट्रिय दलित आयोगले यहि असार २४ गते नया संविधानको मस्यौदा र दलित अधिकारको सवाल बिषयमा दलित सभासद , दलितका अगुवा, दलित संघ सस्था ,दलित नागरिक समाज र बिभिन्न सरोकारवाला निकायहरु संग बृहत छलफल तथा अन्तरक्रिया समेत गरेको थियो । छलफल तथा अन्तरक्रिया गरी नेपालको संविधान  - २०७२ को प्रारम्भिक मस्यौदामा दलित समुदायको हक अधिकार सम्बन्धि व्यवस्थामा नसमेटिएका र समावेश गरिनु पर्ने दलित सम्बन्धि सुझाव सहित राष्ट्रिय दलित आयोगले तयार पारेको सशोधन प्रस्ताब पेश गरिएको अध्यक्ष मान बहादुर नेपालीले बताउनु भएको छ । 

No comments:

Post a Comment