बस्तु गाविसका बिपन्न परिवार व्यवसायीक बाख्रा पालनमा

प्रेम सुनार गुल्मी, असार ३१-विभेद विरुद्ध अभियान ।
एक टोलमा एकाधा सम्पन्न परिवार वाहेक केहि वर्ष अघि सम्म गुल्मीको वस्तु गाविसका अधिकांस विपन्न परिवारमा बाख्रा पालेको देखिदैनथ्यो । तर अहिले को सम्पन्न को विपन्न वस्तुका प्राय सवै घरधुरीमा बाख्रा पालन गरेको देखिन्छ र आफुहरुको गतिलो आय आर्जनको माध्य बन्ने आशा पलाएको त्यहाँका कृषकहरुबाट सुन्न सकिन्छ । विगतमा एउटा गाई वा भैसी मात्रै पालन गर्ने गरेकी वस्तु ६ कि विपन्न महिला पम्फी बिक, पुर्णकला सुनार, ईश्वरा सुनार र पार्वता सुनारको घरमा व्यवसायीक बाख्रा पालन गरेको देखे पछि छिमेकी सम्पन्न परिवार समेत व्यवसायीक बाख्रा पालनमा लागेका देखियो । वस्तु ४ का विष्णुप्रसाद भण्डारी, वडा नम्वर ७ का खिमानन्द भण्डारी , वडा नम्वर ३ का गुणानिधी पाण्डे र स्वय वस्तु गाविस सचिव श्रीराम पाण्डे समेतले व्यावसायीक बाख्रा पालन गरेका छन् ।

यस सम्वन्धमा गाविस सचिव पाण्डे संग सम्पर्क राख्दा उनले आफुले नभई आफ्नो परिवारले व्यवसायीक वाख्रा पालन सुरु गरेको बताए । उनले भने– ‘ मैले त कहाँ भ्याउ छु र तै पनि गाउँका सवैले व्यवसायीक बाख्रा पालन सुरु गरे पछि मेरो परिवार पनि आकर्षित भएर बाख्रा पालन सुरु गरेको छ । त्यसबाट सिङ्गो गाउँ पनि आकर्षित भएको छ । उनले हेफर ईन्टरनेशनल नेपाल नामक संस्थाको सहयोगमा जन विकास केन्द्र गुल्मीले गत ६ महिना देखि वस्तुमा व्यवसायीक बाख्रा पालन परियोजना सञ्चालन गरेको जानकारी दिए । उनले थपे –‘ ६ महिना भयो वस्तुमा हेफरले यो परियोजना सञ्चालन गरेको त्यसको अति राम्रो प्रभाव परेको छ । त्यहाँका कृषकहरु निकै उत्साहित भएर बाख्रा पालनमा लागेका छन् । किशानका लागि उन्नत विउ विजन परियोजना अन्तर्गत हेपर ईन्टर नेशनल नेपाल र अन्य साँझेदारी संस्थाहरुको आर्थिक सहयोगमा जन विकास केन्द्र गुल्मीले बस्तु गाविसमा व्यवसायीक बाख्रा पलन सञ्चालन गरेको त्यहाँका कृषकहरुले बताए ।
यस सम्वन्धमा हेपर ईन्टर नेशनल नेपालका कार्यक्रम निर्देशक डाक्टर तिर्थ रेग्मी संग जिज्ञाषा राख्दा उनको संस्थाले ९२ लाख, स्थानिय साँझेदारीबाट ५४ लाख र क्षेत्र नम्वर ३ का सभासद गोकर्ण विष्टको सांसद विकास कोषबाट ३ लाख सहित कुल १ करोड ४९ लाखको लागतमा वस्तुका १ सय ४२ घर परिवारमा ३ सय ४९ वटा वाख्रा वितरण गरिएको जानकारी दिए । उनले पहिलो चरणमा ३५ महिना सम्म सञ्चालन गरिने र आगमी ३ वर्ष भित्रमा वस्तुका पुरै ७ सय १६ घर धुरीमा वाख्रा पालन गरिने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको बताए । डाक्टर रेग्मी वस्तु सहित छिमेकी गाविस धुर्कोट रजस्थल र जैसीथोकमा पनि त्यसरी नै नमुना कार्यक्रम सञ्चालन गरेर विशेषतः त्यहाँका महिलाहरुलाई आत्मा निर्भर बनाउने लक्ष्य लिईएको बताउँ छन् ।
वस्तुमा वाख्रा पालन परियोजना सञ्चालन गरेको संस्था जन विकास केन्द्र गुल्मीका अध्यक्ष एवं त्यस परियोजनाका फोकल पर्शन भुपाल पोखरेलका अनुसार वाख्रा पालन परियोजनाले त्यहाँका कृषकहरुमा आय आर्जनको माध्यम मात्र नभई जन चेतना फैलाउने कार्यक्रम समेत गरिएको छ । ४ दिने हेपर आधारशिला तालिम, ३ दिने बाख्रा व्यवस्थापन तालिम २ दिने समुह व्यवस्थापन तालिम र १ दिने घाँस व्यवस्थापन तालिम पश्चात त्यहाँका सवै वडा समेट्ने गरी ६ वटा समुह बनाएर बाख्र वितरण गरिएको त्यस परियोजनका कार्यक्रम संयोजक वावुराम पन्थीले जानकारी दिए ।
उनका अनुसार वस्तु वडा नम्वर ८ र ९ समेट्ने गरी डिठ्ठा पोखरी स्वावलम्वन मुल समुहमा २५ जना महिलाहहरुले वाख्रा पालन गरेका छन् । त्यस्तै वडा नम्वर ६ र ७ समेट्ने गरी माझा ठाँटी मुल समुह २५ जना, वडा नम्वर ४र ५ को कालिका स्थान मुल समुहमा २३ जना, वडा नम्वर ५ र १ समेट्ने गरी गान्टारी समुहमा २१ जना , वडा नम्वर २ र ३ को देउराली समुहमा २३ जना , वडा नम्वर १ र २ समेट्ने गरी शौरपानी समुहमा २५ जना सहित कुल १ सय ४२ घर धुरी रहेका छन् ।
हेपर ईन्टर नेशनेल नेपालको उक्त सहयोगका अलवा साँझेदारी संस्था जिल्ला विकास समिति गुल्मी, पशु सेवा कार्यालय , भु–संरक्षण कार्यालय , वन कार्यालय, कृषि विकास कार्यालय र वस्तु गाविसले ५४ लाख वरावरको भौतिक, आर्थिक र प्राविधिक सहयोग गरेको फोकल पर्शन भुपाल पोखरेलले बताए । उनका अनुसार आगमी ३५ महिना भित्रमा प्रति घर धुरीलाई न्युतम २ लाख रुपैयाँ वाख्रा पालनबाट आम्दानी लिन सक्ने बनाउनु संस्थाको लक्ष्य रहेको रहेको छ ।
वस्तुमा यस परियोजनालाई सफ पार्न स्थलगत रुपमा १ जना कार्यक्रम संयोजक , २ जना सामाजिक परिचालक, १ जना पशु विज्ञ, २ जना ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता , १ जना लेखा पाल र फोकल पर्शन सहित कुल ८ जनाको जनशक्ती खटिएका छन् । हाल सम्म वाख्रा पालनका लागि व्यवस्थीत खोर ६० वटा भन्द बढि निर्माण गरी सकिएको छ । घाँस सप्ताह सञ्चालन गरी विभिन्न प्रकारका भुँई तथा डाले घाँसका विउ विरुवा रोपण गरिएको छ । वस्तु गाविस सचिव पाण्डेका अनुसार यहि गतिमा परियोजनाको काम अगाडी बढेका त्यस गाविसको मुहार फेरिन सक्ने छ । विगतमा गुल्मीका केहि गाविसहरुमा विभिन्न निकायबाट सञ्चालन गरेको वाख्रा पालन कार्यक्रममा कृषकले पाएका वाख्राहरु मरेर उनिहरु निरुत्साहित पनि भएका थिए ।
यस सम्वन्धमा हेपर ईन्टर नेशनल नेपालका पशु विशेषज्ञ डाक्टर लक्ष्मण घिमिरे संग सम्पर्क राख्दा वाख्रामा आउने त्यस्ता खाले विमारको निरुपण गरी सकिएको बताए । गुल्मीका तिनै वटै गाविसमा त्यस परियोजनाका बाख्राहरुलाई आवस्यक स्वास्थ्य परिक्षण र उपचार गरिएको डाक्टर घिमिरेले बताउँदै भने वस्तु गाविसको वाख्रा पालनमा देखिएको प्रगतिले आफुहरुलाई सन्तोष लागेको छ । यति बेला गुल्मीमा व्यवसायीक वाख्रा पालनको लहर नै चलेको छ ।
स्रोत- गुल्मी टाइम्स

No comments:

Post a Comment