राजु विश्वकर्मा,सिरहा साउन ११ ,विभेद विरुद्ध अभियान । घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर सप्तरीको डिमन गाविस–१ का १० वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैनथ्यो ।
पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुबालाई सघाउँदै आएका थिए तर स्थानीय महिलाको लामो प्रयासपछि एक वर्ष अघिदेखि उनी नियमित विद्यालय जान थालेका छन् । बा¥ह वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका अर्जुन मरिक पनि विद्यालय जान थालेको एक वर्ष भयो ।
स्थानीय डिमन माविको कक्षा ४ मा पढ्दै आएका सन्तोष र अर्जुनले अगुवा महिलाको सक्रियतामा आफूहरुले विद्यालयसम्म पुगेको बताएका छन् । महिलाको पहलमा अर्जनु र सन्तोष मात्र होइन्, शिक्षाको उज्यालो घामबाट वञ्चित डुम बस्तीका सबै १२ जना बालबालिका विद्यालयमा भर्ना भएर पढ्न थालेका छन् ।
दलित समुदायमा पनि सबैभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिका अझै विद्यालयसम्म पुग्न सकिरहेका छैनन् । सामाजिक, आर्थिक, शैक्षिकलगायत सबै क्षेत्रमा पछाडि परेको डुम समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन धेरै मिहेनत गर्नु परेको समाजिक क्षेत्रमा क्रियाशील अगुवा महिला बताउँछन् ।
सुरु सुरुमा चेतनाको अभावमा डुम समुदायका अभिभावक बच्चालाई विद्यालय पठाउनै मान्दैनथे तर नियमित रुपमा आफूहरुले महिला समूह बनाएर दबाब दिएपछि बल्ल डुम अभिभावक आफ्ना बालबालिका विद्यालय पठाउन मञ्जुर भएको डिमन गाविस–१ निवासी ज्योतिकुमारी भण्डारी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘‘सुरु सुरुमा धेरै गाह्रो थियो तर अहिले डुम अभिभावकले काम छोडाएर विद्यार्थीलाई नियमित स्कूल पठाउन थालेका छन्् ।” डुम बस्तीका विद्यार्थी विद्यालय जान थालेपछि तिनका अभिभावकसमेत उत्साहित बनेको उहाँको भनाइ छ । समग्र विकास सेवा केन्द्रको सहयोगमा सञ्चालित सशक्तीकरण अभियानअन्तर्गत डिमन–१ मा गठित जनजाति सामाजिक परिवारमा आबद्ध ती महिलाको सक्रियतामा दलित र गैरदलितबीच हुने भेदभावसमेत न्यून हुँदै गएको स्थानीयवासी बताउँछन् ।
छुवाछूत र भेदभावलाई छाडेर सो गाउँका महिलाले अहिले गाउँको सामाजिक विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएका छन् । “छुवाछूत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन,” ज्योतिकुमारी भण्डारीले भन्नुभयो – “समाजमा उँचनिच भन्ने कुरा गर्नु हँुदैन भन्ने हामीमा ज्ञानको विकास भयो ।”
“पहिला डुम भनेको सानो जात हो, यसले छोएपछि हाड नै छोइन्छ भन्ने हामीमा कुविचार कायम थियो, त्यसैले दलितसँग छोईछिटो गर्दथ्याँै,” सामाजिक परिवारका अध्यक्ष तथा अगुवा महिला चन्दनदेवी भण्डारी भन्नुहुन्छ, “तर अहिले हामी डुम समुदायका महिलासँगै बसेर कुरा गर्छौं, बैठकमा बसेका बेला हामी चिया पनि सँगै खान्छौँ ।”
विभिन्न सङ्घसंस्थाबाट गाउँमा हुने कार्यक्रममा जातपातका आधारमा हेलाँ गर्नु हुँदैन, जातीय भेदभाव गर्नेमाथि कानुनी कार्वाही हुन्छ भन्ने सुनेपछि आफूहरुमा सकारात्मक सोचको विकास भएको सुनाउँदै स्थानीय सामाजिक परिवारका सदस्य रञ्जना यादव भन्नुहुन्छ – “अहिले हामी पनि गाउँमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अभियान सञ्चालन गरिरहेका छौँ ।”
“पहिला ज्ञान नभएर पुर्खाले दलितलाई छुनु हुँदैन भन्ने भनाइकै आधारमा छुवाछूत अपनाउँथ्याँै, अहिले हाम्रो सोचमा परिवर्तन आइसकेको छ,” रञ्जनाको कथन थियो ।
“हाम्रो घर नजिकै डुम जातिको बस्ती छ तर हामी उनीहरुसँग कुनै सम्बन्ध राख्दैन्थ्यौं, अहिले सँगै बस्न र बोल्न थालेपछि एउटै परिवारको सदस्यजस्तो अनुभूति हुन थालेको छ,” उहाँ भन्नुहुन्छ – “अहिले हामी सँगै एकआपसमा दुःखसुखका कुरा गर्छांै, सरसफाइ र विकासका कुरा पनि सँगै गर्ने गरेकाले गाउँको विस्तारै विकास भइरहेको अनुभूति हुन थालेको छ ।”
समूहमा दलित महिलालाई समेत सहभागी गराएर एकआपसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि डुम जातिमा पनि सरसफाइ र आप्mना बालबालिकालाई विद्यालय पठाउनुपर्छ भने सोचको विकास भएको ती महिला बताउँछन् । आर्थिक रुपमा समेत विपन्न रहेका समूहमा आबद्ध दलित समुदायको आयआर्जनका लागि बचत र ऋण लगानीको वातावरण बनाइदिएपछि उनीहरुको आर्थिक अवस्थामा समेत सुधार आएको बताउँदै सामाजिक परिवारका सचिव ज्योतिकुमारी भण्डारी भन्नुहुन्छ, ‘‘समूहमा हामीसँगै डुम जातिका महिलासमेत बचत गर्ने गर्छन्, ऋण लिएर आयआर्जनको कामसमेत सँगै गर्ने गरेका छन् ।”
वर्षांैदेखि छुवाछूत र भेदभावको पीडा भोगेका दलित महिला गाउँ विकासको अभियानमा सहभागी भएपछि खुसी छन् ।
“मानव भएर पनि गैरदलितसँगै बस्न पाएको थिएन,” स्थानीयवासी उर्मिलादेवी मरिक ९डुम० भन्नुहुन्छ, “समूहमा आबद्ध भएपछि कुनै गैरदलित महिलाले छुवाछूत गर्दैन, उहाँहरुसँगै बसेर दुःखसुखको कुरा गर्न पाएकामा खुसी लागेको छ ।”
सामाजिक परिवारमा आबद्ध भएका २१ सदस्यमध्ये १३ गैरदलित र आठ दलित महिलाले संयुक्त रुपमा मासिक रु ५० का दरले बचत गर्ने गर्छन् र बचत भएको रकमबाट रु एक ब्याजदरमा समुदायकै सदस्यमाझ आयआर्जनका लागि लगानी गर्ने गरेका छन् । ऋण लिएर यहाँका महिलामध्ये कतिपयले पशुपालन सुरु गरेका छन् भने कतिपयले तरकारी खेती र अन्य व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
दलित दलितबीच नै भेदभाव रहेकाले यसलाई अन्त्य गर्न सके मात्र दलित र गैरदलित बीचको भेदभाव अन्त्य हुने समाजमा चर्चा चलिरहेका बेला सप्तरीको डिमन गाविसका महिलाले देखाएको साहसिक कदमलाई स्वागत गर्नुपर्ने दलित अगुवा युक्तिलाल मरिक बताउनुहुन्छ । दलित अगुवा तथा डुम उत्थान समाजका अध्यक्ष युक्तिलाल भन्नुहुन्छ – “दलित दलितबीचको भेदभाव समाप्त नभएका बेला यहाँका गैरदलित महिलाले देखाएको छुवाछूत भेदभाव विरुद्धको अभियान सराहनीय छ र यसलाई सबैले साथ दिनुपर्छ ।”
यहाँका महिलाले देखाएको ऐतिहासिक र साहसिक कदमबाट अन्य समाजले पनि पाठ सिकेर अघि बढ्नु आवश्यक भएको मरिकको भनाइ छ । वर्षौदेखि कायम रहेका जातीय भेदभाव र छुवाछूतका कारण पशुतुल्य जीवन बिताउन बाध्य दलित समुदायलाई समेत साथमा लिएर गैरदलित अघि बढे समुदायमा अद्यापि कायम रहेका विकृति–विसङ्गति छिट्टै अन्त्य हुने र समाजको विकासले पनि गति लिने अगुवाहरु बताउँछन् ।
- साभार्#इसाहारा
No comments:
Post a Comment