विभेद र दाशता सबैतिरबाट समाप्त पार्नुपर्छ - ऋषि आजाद

२६ असार, काठमाडौं -  विभेद बिरुद अभियान ।
छुवाछुत कायम रहे हिन्दू धर्म त्याग्छौं,
जसले हामीलाई सम्मान गर्छ त्यतैतिर लाग्छौं । 
 यो गीत रुपसिंह विकको हो । रुपसिंह विक हिन्दू धर्मालम्बी र आर्य संस्कृतिका अनुयायी हुन् । हिन्दू धर्मप्रतिको उनको आस्था बलियो छ तर उनले हिन्दू पुजारी, पुरोहित र पण्डितहरुबाट घर, टोल, समाज र मठ मन्दिरहरुमा चरम विभेद भोगेको हुनाले विभेदबाट मुक्त हुनको लागि यो गीतबाट आत्मसम्मानको शंखघोष गरेका छन् । उनको यो गीत प्रतिनिधिमूलक गीत हो । उनीजस्ता विभेदको रापले थिलथिलो भएका नेपाली उत्पीडितहरुको जनसंख्याको  झन्डै डेढ करोड छ । यो गीतको आशयले नेपाली समाजमा धर्म परिवर्तनको बाध्यताको कारण के रहेछ भन्ने कुरा बुझ्न ढोका खोलेको  छ । नेपाली समाजमा क्रिश्चिनीकरणको कारण के हो भन्ने मर्म उजागर गरेको छ । जसले हामीलाई सम्मान गर्छ त्यतैतिर लाग्छौं भन्नुको अर्थ मान्छे खाना र नानाको खोजीमा मात्र छैन आत्म सम्मानको खोजमा पनि छ भन्ने देखाउँछ । हेला र घृणाका सब्दहरु प्रयोग गरेर सम्बोधन गरेको कसलाई मन पर्छ र ? 
                                           
वास्तवमा हिन्दू पुरोहित र पुजारीहरु कतिको उदार छन् - उनीहरुले महिला, मधेसी, दलित र जनजातिलाई कतिको उदारतापुर्वक सम्मान गर्छन् ?  उनीहरुलाई धर्मिक समारोहमा उदार व्यवहार प्रदशन गर्छन् कि गर्दैनन् ? धार्मिक मठ मन्दिर र अनुष्ठानहरुमा भाग लिंदा विभेद गर्छन् कि गर्दैनन् ? के उनीहरुले सबैलाई समताको व्यवहार गर्छन् कि गर्दैनन् ?  के पुजारीहरुले कसैलाई होची अर्घेलो गर्दैनन् ? के उनीहरुले सबै जात जातिलाई समान व्यवहार गर्छन् ?  के उनीहरुले सबैलाई आत्मसम्मानपुर्वक  तपाईं शब्द प्रयोग गरेर सम्बोधन गर्छन् ? के उनीहरुले सबैलाई शिष्ट व्यवहार गर्छन् ?  के उनीहरुले तँ, तिमी, तपाईं, हजूर बक्सियोेस् भन्दै वर्गीय विभेदपरक सम्बोधनात्मक शब्द प्रयोग गर्दैनन् ? के उनीहरुले मन्दिरमा आर्य अनार्य बीच कुनै प्रकारको विभेद गर्दैनन् ? धार्मिक अनुष्ठानहरुमा महिलालाई समानताको आधारमा धार्मिक कार्यहरु गर्न गर्छन् ? दलितहरुलाई सम्मानपुर्वक  तपाईं भनेर सम्बोधन गर्छन् कि गर्दैनन  ? दलितहरुलाई स्वतन्त्रतापुर्वक  मन्दिरमा प्रवेश गर्न, आस्थाको देवतालाई साष्टाङ्ग दण्डवत गर्न, फूल प्रसाद चढाउन, फूल प्रसाद ग्रहण गर्न दिन्छन् कि दिदैनन् ? के उनीहरुले सबै दलितलाई छुवाछुत रहित बनेर निधारमा टीको लगाइदिन्छन् कि दिन्नन् ? या दुनामा टीको दिने गर्छन् ?  पूजारीले सबै भाषाभाषीहरुको समान आदर गर्छन् कि गर्दैनन् ? के उनीहरुले गरिब धनीहरुलाई समान व्यवहार गर्छन् ? के उनीहरुले सबै जातजातिका समुदायलाई सम्मान गर्छन् ? अरुहरुको कला, संस्कृति र साहित्यको कदर गर्छन् ?  यो नै आजको ज्वलन्त प्रश्न हो । उनीहरुले यसो गर्न सक्दैनन् र मन्दिर र धार्मिक अनुष्ठानहरु अभिजात वर्गको लागि मात्र खुल्ला गर्छन् भने के तिनीहरुको पछाडि विभेदको पीडा सहेर सनातन धर्म कि जय भन्दै हिड्नु आवश्यक छ र ? यस्तो अवस्थामा म भएको भए हिंड्न सक्ने थिइन । यो विषयमा हामीहरु स्पष्ट हुनु पर्छ  । अधीनताको साङ्लोमा बाँधिएर कोही कसैले पनि जय जयकार गर्दैन । 
  विभेद र दाशता सबैतिरबाट समाप्त पार्नुपर्छ । यो कुरा हाम्रा धार्मिक पुजारीहरुबाट थालनी गर्नुपर्छ । अभिजातले दलितमाथि गर्ने विभेद, बहुसंख्यकले अल्पसंख्यकहरुमाथि गरिने विभेद, सम्पन्नले विपन्न माथि गर्ने विभेद, पुरुषले महिलामाथि गर्ने विभेद, सुगमबासीले दुर्गमबासीमाथि गर्ने विभेद, बुवा आमाले छोराछोरीमाथि गर्ने विभेद, अधिकृतहरुले साना कर्मचारीमाथि गर्ने विभेद, पहाडियाले मधेसीहरुमाथि गर्ने विभेद, हिन्दूले गैरहिन्दुमाथि गर्ने विभेद, राष्ट्रभाषीले अन्य भाषामाथि गर्ने विभेद,गोराले कालाहरुलाई गर्ने विभेद, राजनैतिक पाटी भित्रै  हुने ठूलो र साना बीचको विभेद, साङ्गाले  अपाङ्गहरुमाथि गर्ने विभेद, शाहुहरुले उपभोक्तामाथि गर्ने विभेद आदि विभेदहरु सबैतिरबाट समाप्त गर्नुपर्छ । यी विभेदका दरारहरु समाप्त नभएसम्म समाजमा आपसी सहिष्णुता कायम हुन सक्दैन । सहिष्णुता बिनाको समाज बस्न लायकको हुँदैन । बस्न लायकको समाज बनाउन सबैभन्दा पहिला हिन्दु पुजारी, पण्डित र पुरोहितहरुले छिः छिः र दूरदूर गर्ने संस्कार फेरिनु पर्छ  ।   अधीनताको त्रासभित्र रहेर कोही पनि मन्दिरको प्राङ्गणमा प्रेमपर्ूवक रमाउन,नाँच्न र बस्न सक्दैन । यो विषयमा हामीहरु स्पष्ट हुनु जरुरी छ । 
  क्रिश्चिनीकरणको अर्काे पाटो हिन्दु संस्कारहरु असाध्यै महङ्गा हुदै जानु पनि हो । हाम्रा संस्कारहरु असाध्यै महङ्गा बन्दैछन् । जन्म संस्कार, मृत्यु संस्कार, विवाह संस्कार लगायतका संस्कारहरु यति महङ्गा बन्दै छन् कि त्यो महङ्गो विधि र प्रक्रियालाई पुजारीहरुले रोक्ने चाहना गरेका छैनन् । बरु तिनीहरुले संस्कारहरुमा जसले धेरै खर्च गर्न सक्यो त्यसैलाई इज्जत राख्न सक्ने, असल र भलाद्मी भन्दै प्रशंसा गर्छन् । यस्तो अवस्थामा र्स्वर्गको सिढीमा चढ्न पैसै खर्च गर्नु पर्ने बाध्यता छ । यो विषयमा हाम्रा पुजारी, पुरोहित र पण्डितहरुले हाम्रो धर्ममा पैसाको ठाउँमा फूल चढाए पनि हुन्छ भन्छन् तर त्यो मितव्ययी संस्कृतिलाई प्रचार प्रसार गर्न सक्दैनन् । उनीहरुले यसमा सुधारको पाइला चाल्दैनन् । उनीहरुले हरेक ठाउँमा विभेदको कर्द चलाउँछन् । भान्सा बाहिर र भान्सा भित्रको प्रचलनलाई महत्व दिन्छन् । उनले चलाएको यस्तो महङ्गो प्रचलनले आम रुपमा संस्कारको धारण गरी सकेको छ । तत्काल सुधारहरु हुने सम्भावना छैन ।   खाँटी भनिने कम्युनिष्टहरुले जनवादी क्रान्तिपछि सबै कुरा ठीक हुन्छ भन्दै वर्तमानमा विभेदको कर्द चलाएका छन् । उनीहरुका दृष्टिमा सुधार भनेको संशोधनवाद हो । उनीहरु एक खालका फटाहाजस्ता भएका छन् । वर्गविहीन समाज बनाउने सपनामा रनभुल्ल पारेर हाललाई छुवाछुत कायम राख्ने उनीहरुको मनसुवा रहेको छ । सामाजिक सुधार भयो भने उत्पीडितहरुलाई बिरोधमा उतार्न सकिदैन भन्ने उनीहरुको आन्तरिक आशय हो ।
   आत्म सम्मान र स्वतन्त्रतासहितको आधुनिक समाजमा विभेदको कर्द चलाउनेबाट नै क्रिश्चिनीकरणको सम्भावना ज्यादा छ । हिन्दू  पुजारीहरुले आफै यो समस्या दलित र जनजातिमा छ भन्दै बहस गर्छन् र तिनीहरुलाई सराप्छन् तर उनीहरु आफै क्रिश्चिनीकरणको कारण बनेको देख्दैनन् । सामाजिक विभेद समाप्त पार्न आफूहरुले नै विभेदको कर्द चलाउन छोड्नुपर्छ  भनेर भन्न सक्दैनन् । उनीहरुले आम जनजातिहरुलाई आरक्षण दिने सवालमा, मूल प्रवाहीकरण गर्ने सवालमा, समानुपतिक प्रतिनिधित्व गर्ने सबालमा र पहिचान दिने सबालमा बिल्कुल उल्टो धारणा राख्छन् । गएको संविधानसभाको निवार्मचनमा संघीय राज्यको विरुद्धमा ६०१ जना मध्ये संघीयताको विरुद्धमा बोलेको चित्रबहादुर केसीको सम्मान गर्दै ६०० जानलाई श्राद्ध गरी तर्पण गरेका थिए । त्यो तर्पण दिने कार्यक्रममा काङ्ग्रेस,एमाले र एमाओवादीका पण्डित, पुरोहित र पुजारीहरु सामेल थिए । वास्तवमा उनीहरु ज्यादै परम्परावादी छन् । उनमा रहेको यो उपाध्याय प्रवृत्ति नै क्रिश्चिनीकरणको कारण बनेको छ । यो परम्पराले विभेदको अन्त्य हुन गाह्रो भएको छ र हिन्दु धर्म समस्यामा पर्दैछ ।  
   हुन त यो पंक्तिकार हिन्दू धर्मालम्बी नै हो । ऊ आर्य संस्कृतिको अनुयायी हो । तर  यो पंक्तिकार क्रिश्चिनीकरणको कारण के हो भन्ने कुरा राम्ररी थाहा पाएको छ । उसले हाम्रो समाजमा क्रिश्चिनीकरणका कारणहरु खुट्याएर राखे पनि अहिलेको अवस्थामा हिन्दू पुजारीहरुले यो कुरालाई सहानुभूतिपर्ूवक आत्मगत गर्ने छैनन् । उनीहरुले बरु यो लेखकलाई विभिन्न बहानामा गाली गर्नेछन् । जब नेपाली समाजको ठूलो हिस्सा क्रिश्चिनीकरणको माहोलमा पुगेर उनीहरुको स्वार्थको थाली घोप्टो पर्नेछ तब उनीहरुले आफ्नो कारण समाजमा क्रिश्चिनीकरण भएको थाहा पाउने छन् ।  
 आस्थाको भगवानलाई मन्दिरमा दर्शन गर्न जाँदा भोटे ताल्चा लाग्छ । मन्दिरमा पर््रार्थना गर्न, फूल प्रसाद चढाउन र फूल प्रसाद ग्रहण गर्न दिदैनन् । पुजारीले निधारमा छोएर टीको लगाइ दिन्नन् । धार्मिक अनुष्ठानहरुमा निर्धक्क भाग लिने अवस्था छैन । जिन्दगीमा तपाईं जस्तो क्रनप्रिय  शब्दले सम्बोधन गरेको कहिले सनिएन । र्सार्वजनिक धारा, कुवा, मठ मन्दिरहरुमा छुवाछुत छ । जहाँ कथित उपल्ला जातको मान्छेले पालो नपाएसम्म आफ्नो पालो आउँदैन । पुजारीहरु दलितको घरमा गएर संस्कारहरु सम्पन्न गरि दिदैनन् । विद्यालय, पुस्तकालय, बैठक मिटिङ्ग,सेमिनार आदिमा छुवाछुतको गन्ध आउँछ । अभिजात वर्गले औपचारिक कार्यक्रममा सहभोजलाई मिठो खानाको अवसरको रुपमा लिन थालेको छ । दलितलाई प्राङ्गणदेखि चूल्होसम्म खुल्ला गरिएको छैन । बरु यसलाई स्वतन्त्रता सित जोडेर कसैका चूल्होमा जान कसैलाई अधिकार छैन भनेर वकालत गर्न थालिएको छ । यस्तो अवस्थामा एउटा पुजारी आफू दलित परिवारमा जन्मेको भए के गथ्र्यो होला - ऊ आफै कल्पना गरेर सोंचोस कि ऊ आफू यस्तो नारकीय जीवन जिउन सक्थ्यो - स्पष्ट छ निश्चय नै सक्ने थिएन ।  जनयुद्धमा हतियार उठ्नुको कारण यही हो । त्यो पुजारीले पनि हतियार बोकेर युद्धमा जान्न्थ्यो । 
    आजभोलित धार्मिक एकाधिकारका स्वरहरु मुखरित हुन थालेका छन् । अरु त अरु गौरवशाली इतिहास बोकेका दलितका देवता भनी चिनिने मोदनाथ प्रश्रति सम्मले नेपाल हिन्दूहरुको मुलुक मात्र हो भन्दै हिन्दू एकाधिकारको पक्षमा वकालत गर्न थालेका छन् । उनले धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रको प्रचार गर्न थाल्दैछन् । नेपाल हिन्दूहरुको मात्र राष्ट्र हो भने हाम्रो राष्ट्र खै त भनी प्रश्न गर्नेहरुलाई उनले के उत्तर दिन्छन् - नेपाल हिन्दू राष्ट्र भन्नु हिन्दूको एकाधिकार थोपर्ने काम हैन र - के एकाधिकार लोकतन्त्र हो - त्यस्तो अवस्थालाई कसरी धार्मिक स्वतन्त्रता भन्ने - गैर हिन्दूहरुको टाउको माथि हिन्दू राष्ट्रको तरबार झुण्ड्याएर त्रासको लाचार छायामा राख्नु धार्मिक स्वतन्त्रता हो - राज्यको आड लिएर अरुहरुलाई लात्ती लगाउनु धार्मिक स्वतन्त्रता हो - हामीहरुले यस्तो अवस्थालाई धार्मिक स्वतन्त्रता मान्न सक्दैनौ । विगतमा पनि मोदनाथ प्रश्रतिले राज्य रचनामा एकात्मक धारको प्रेतात्मालाई बोकेर हिंडेका थिए । आज पनि उनले यस्तो एकाधिकारको वकालत गर्दैछन् । एकाधिकारको त्रासभित्र राज्यको आड लिएर पर्रधर्म भयावह भन्दै निन्दा गरेर क्रिश्चिनीकरणलाई रोक्न सकिदैन । बरु यसले धार्मिक द्वन्द्व बढाउँछ । धार्मिक एकाधिकारको छायाभित्र र्स्वर्ग जाने लालसामा पुजारीहरुको पछि लागेर सनातन धर्म कि जय भन्दै अबको जमानामा को हिंड्छ र- यस्तो गर्ने हो भने धर्म नै परिवर्तनको घोषणा गर्न नसके पनि धेरै मान्छेहरु तटस्थ बस्न सक्ने अवस्था छ । यसबाट हिन्दूहरुको जय हुँदैन । 

No comments:

Post a Comment