जीबनभर दलित वर्गको उत्थानमा खटिएका एक पात्र - शान्ता अधिकारी


शान्ता अधिकारी -२०७२ साउन ५ गते, विभेद बिरुद्ध अभियान   ।दलित वर्गको लागि प्र्रेरणा र उत्साह प्रदान गर्ने व्यक्तिव हो, मिन बहादुर विश्वकर्मा । सदियौं देखिको जातीय भेदभाव र छुवाछूतबाट पीडित दलित समुदायलाई राज्यका हरेक क्षेत्रमा समान सहभागिताको लागि आवाज उठाउने पात्रको रुपमा उनी परिचित छन् । राष्ट्र विकासको मूल प्रवाहवाट पछाडि पारिएको दलित समुदायलाई आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक तथा धार्मिक – सा“स्कृतिक क्षेत्रमा सहभागिताको समान अवसर प्रत्याभूत गर्नकै लागि उहाँ ३० वर्ष देखि सामाजिक क्षेत्रमा अनवरत रुपमा लागिरहनु भएको छ । मुलूकका अन्य उच्च जीवनस्तर भएका जात समुदायका नागरिक सरह दलित समुदायको विकास गर्न, जात, वंश र पेशाका आधारमा प्रचलित जातीय भेदभाव र छुवाछूत व्यवहार पूर्ण रुपले अन्त्य गर्नकै लागि उहाँ विभिन्न संघ संगठन एवं संस्थाहरु मार्फत विभिन्न कामहरु र आन्दोलनहरु गर्दै आउनु भएको छ ।
वि.स. २०२२ साल कार्तिक ४ गते तत्कालीन फुलबारी गाबिस वडा नं ३ मा जन्मनु भएका विश्वकर्मा नेपालमा दलितहरुको पृथक समस्या भनेको नै जातीय विभेद र छुवाछूत रहेको बताउनु हुन्छ । लामो समयदेखि छुवाछुतको मारका कारण नै दलितहरु राज्यका सबैजसो श्रोत तथा साधनको पहुचवाट वञ्चित रहेको भन्दै उहाँ दलितहरुलाई आर्थिक रुपमा उत्पादनका साधनमाथि पहुच र सम्वन्धबाट टाढा पारिएका कारण सांस्कृतिक रुपमा पाखा लगाइएको बताउनु हुन्छ । पहिला दलित समुदाय आर्थिक, सामाजिक, शैक्षिकस्तर बाट पिछडीएको भए पनि पछिल्लो समय यसमा केही सुधार भने आएको छ । उहाँ आफ्नो विगत सम्झदै भन्नुहुन्छ, – पानी खानका लागि पनि अरुको भर पर्नु पर्ने अवस्था थियो । उपल्लो जातको घरमा जादा अाँगनको डिलमा बस्दै केही खानेकुरा दिएमा हातमा थापेर खानु पर्ने पिडाले आफ्नो जातीका लागि केही गर्नु पर्छ भन्ने सोच सो समय दखिनै म मा पलाएको थियो,। उहाँ हाल चितवनमा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति चितवनको तेस्रो कार्यकालको उपाध्यक्षको जिम्मेवारी सम्हाली रहनु भएको छ । यस समन्वय समितिको स्थापना भए संगै दलित समुदाय लक्ष्ति कार्यक्रहरुले प्राथमिकता पाएका छन् । गाँउ वस्तिमा रहेका राज्यको सेवासुविधा बाट टाडा रहेका र आफुले पाउने अधिकारको बारेमा समेत जानकारी नभएका दलित वर्गले यस संस्थाको स्थापना संगै भएका काम र गतिविधिबाट धेरै लाभ लिदै गईरहेका छन् । आफ्नो कार्यकालमा दलित वर्गको उत्थानका लागि भएका विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरुले दलित वर्गको उत्थानका लागि धेरै सहयोग गरेको उहाँको विश्वास छ । दलित वर्गको उत्थानका लागि २०६७ सालमा २० जनालाई सेक्युरिटी तालिम दिएको समितिले त्यस यता पनि युवा स्वालम्भि कार्यक्रमहरु लाई निरन्तरता दिईरहेको छ । १२ जना युवाहरुलाई ड्राईभिङ तालिम दिनुका साथै तालिम प्राप्त युवाहरुलाई तालिमको सदुपयोग होस भन्ने उदेश्यले रोजगारी सृजना गरेको छ । त्यसैगरी कम्युटर तालिम गराई व्यवासायीक कोर्स गराउने काम पनि यो समितिले गरेको छ । २०६२ ६३ को जन आन्दोलन पछि चितवनमा स्थापना भएको दलित समन्वय समितिले आफ्नो समुदायका आयमुलक, स्वाथ्य, शिक्षा लगाएतका क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । शिलाई तालिम लिएका तर तालिम लाई सदुपयोग गर्ने साधन स्रोत नभएकाहरु लाई ३० वटा शिलाई मेशिन उपलब्ध गराएको छ । दलितका गाउवस्तिमा पुगेर दलितहरुका समस्यासंग हातेमालो गदै अगाडी वढिरहेको समितिले दलित छात्रावास निर्माणमा सहयोग पुर्याएको छ भने, तत्कालिन फुलवारी गाविसमा दलित सामुदायीक भवनको निर्माण गरेको छ । माडी बादरझुलाका अग्नी पिडीत स्थानियका लागि पचास हजार (५०,०००) रुपैया सहयोग गरी जलेको मनमा केही हदसम्म भएपनि मलम लगाउने काम गरेको भन्दै उहाँ यी काम पर्याप्त नभए पनि यस्ले हौसला थपेको भन्दै आउदा दिनमा दलित वर्गको उत्थानका लागि कुनै पनि कुरामा सम्झौता नगर्ने बताउनु हुन्छ । त्यसैगरी उपाध्यक्ष विश्वकर्माकै सहयोगमा जेहेन्दार विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्नका लागि केन्द्रको सहयोगमा पाच लाख रुपैया जिल्ला विकासको रोहवरमा वितरण गरिदै आईएको छ । छुत अछुत विच समानता कायम गर्नका लागि अन्तर जातिय विवाहको कदर गदै सम्मान गर्ने कामलाई यस समितिले निरन्तरता दिईरहेको छ । आर्थिक रुपमा विपन्न परिवारलाई पहिचान गरी बिरामीको औषधी उपचारमा राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गरानुका साथै खुल्ला स्थानमा दिशापिसाव गर्न वाध्य पिप्लेका वासिन्दाहरुलाई शौचालय निर्माण गरेको छ ।
चितवनमा रहेका दलितहरुले सबै क्षेत्रमा समस्या भोग्नु परेको छ । उहाँ जातीयताकै आधारमा दलितलाई मठमन्दिरमा प्रवेश गर्न रोक लगाउने कामको विरोध गर्ने देखि दुध विक्रि वितरणमा लगाईएको रोक लाई दलितहरुकै सामुहिक पहलमा खुल्ला गर्न सफल भएको भन्दै सम्पुर्ण दलित वर्ग आफ्नो अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताउनु हुन्छ । विशेष गरि चितवनका पहाडी भेगमा रहेका र माडी क्षेत्रमा रहेका दलितहरुको समस्या झनै जटिल रहेको भन्दै भौगोलिक बनावटका कारण पनि चितवनका पहाडी र माडी क्षेत्रका दलितहरुले राज्य बाट पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको बताउनु हुन्छ । दलितले भोग्नुपरेको सामाजिक अपमान, तिरस्कार, विभेद एवं जीवनावस्थालाई जातीय समस्याजस्तै दतिलसमस्या वर्गीय मुतिmको आन्दोलनमा समाहित हुने र अघि वढ्ने काम गरेको खण्डमा यो समस्या सामाधान हुने उहाको विश्वास छ ।
२०३६ सालमा शिवनगर हाईस्कुलमा अनेरास्वीयु गठन गरी उपाध्यक्षमा चयन भएसंगै विद्यार्थी राजनितिमा प्रवेश गर्नुका विश्वकर्मा २०४६ सालमा नविसंघकोे सचिवको जिम्मेवारी सम्हाल्नु भयो । आफुले पाउने हक र अधिकारका विषयमा दलितहरुलाई जानकारी नभएका कारण दलित वर्ग पछाडी पारिएको उहाँ बताउनु हुन्छ । दलितहरु हरेक क्षेत्र र वर्गबाट पछाडी पारिए पछि दलित वर्गको उत्थानका लागि २०४८ सालमा नेपाल दलित संघमा प्रवेश गर्नु भयो । तदर्थ समितिको संयोजक भएर आफ्नो वर्गको उत्थानका लागि सुरु गर्नु भएको अभियान आजका दिन सम्म जारी छन् । संग संगठन र विभिन्न क्षेत्रमा काम गरेको अनुभवले उहाँलाई अगाडी पाईला बढाउन सहज भएको छ । गन्तब्यमा लम्किरहेका विश्वकर्माको अभियान आसन्न नेपाली काग्रेसको १३ औं महाधिवेसनमा क्षेत्र नम्बर चारको दलितका तर्फबाट नगर प्रतिनिधि हुदै केन्द्र सम्म पुगेर दलित वर्गको उठानका लागि काम गर्ने सोचका साथ उहाँको पाईलाहरु अगाडी बढिरहेका छन् । संक्रमणकालमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस यस्ता युवा जोश र जागर भएका हातहरुको सहयोगमा जस्तो सुकै अवसर र चुनौतिहरुलाई सजिलै संग काँधमा बोकर हिड्न सक्ने छ ।
बहुआयमीक व्यतिmव मिनबहादुरले व्यापार, टिम्बर कर्पोरसनमा चौथो तहको जागीर , रेयुकाईको युवा समितिको उप संयोजक, तरुण दलको जिल्ला सदस्य लगाएतका क्षेत्रमा आफ्ना कार्य कुशलता देखाई सक्नु भएको छ । यीनै बहुआयमिक व्यक्तित्वका धनि मिनबहादुर आज आएर चितवनमा रहेका करिव पचास हजार दलितको अभिभावक बनिरहनु भएको छ । कडा मेहनत र पसिना लाई सम्मान गर्ने उहाँँ दलितहरुलाई, किन विभेद गरिदै छ भनेर प्रत्येक गाविस र वडामा कानुनी परामर्शका लागि अभियान नै सञ्चालन गरी हिडीरहनु भएको छ । दृढ विचार अदम्य साहस र आत्मविश्वासका धनि मिनबहादुर दलित वर्गको उत्थानमना दीर्घकालीन रुपमा बल र सहयोग पुग्ने उदेश्यका साथ लागिरहनु भएको छ । जीबनभर सधै दलित वर्गको उत्थानमा खटिएर भोलिका दिनमा आउने नयाँ पुस्तालाई हिड्ने बाटो बनाउने काम गदैहुनुहुन्छ । संघ सस्थाहरुमा मिनबहादुरको बर्षोको लगानी र योगदान आउदा दिनमा उहालाई यो चितवनको माटोले सधै माया गरिहने छ ।

No comments:

Post a Comment