संविधानको मस्यौदामा दलित अधिकार बिषयक छलफल कार्यक्रम सम्पन्न

बागलुङ ,३० असार -विभेद विरुद्ध अभियान । छोटो बाटोबाट संविधान बनाउने गरी संविधानसभामा सभासदका लागी दिइने छलफलको समयबारेको नियम निलम्बन गरेपछि जनस्तरमा छलफल शुरु गरिएको छ । बागलुङमा पहिलो पटक संयुक्त राजनैतिक दलित संघर्ष समिति जिल्ला समिति बागलुङले दलित समुदाय र सरोकारवाला सँग संविधानको मस्यौदामा दलित अधिकार बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सभासद डिलबहादुर नेपालीले मस्यौदामा धेरै कुरा छुटेकाले दलित समुदायले एकजुट भएर दलितमैत्री संविधान निर्माणका लागी भुमिका खेल्नुपर्नेमा जोड दिँदै यसका लागी आफुहरुले संविधानसभामा भुमिका खेल्ने र जनस्तरबाट पनि सुझाव र दबाव यथेष्ट रुपमा दिन सके त्यो सम्भव हुने वताएका थिए ।
कार्यक्रममा गोविन्द नेपाली, लालवहादुर परियार, नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका क्षत्रीय अध्यक्ष लालवहादुर थापा, एकिकृत माओबादीका जिल्ला सदस्य फमलाल न्युरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुवर, नेकपा माओबादीका सेक्रेटरी ज्ञामनाथ गैरे अनिल, पुनरावेदन अदालत बार एकाइका अध्यक्ष कृष्णप्रसाद न्युरे, दलित अधिकारकर्मी मनोहर बि पौडेल, आदीवासी जनजाति महासंघका अध्यक्ष महेशचन्द्र प्रधान, अखिल नेपाल महिला सघंका अध्यक्ष सावित्रा राना, समाजसेवी तथा कलाकार लक्ष्मणश्री परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संविधानको मस्यौदाका बिषयमा जिल्लामा भएको पहिलो पटकको छलफल सकरात्मक भएको र धौलागिरीका समग्र दलित समुदायको साझा सुझाव तयार गरी संविधानसभालाई दिने गरी अव कार्य अघि बढाइने दलित अधिकारकर्मी धनवहादुर परियारको भनाई थियो ।
कार्यक्रम संयुक्त राजनैतिक संर्घष समितिका अध्यक्ष डिलवहादुर बिकको अध्यक्षता, सदस्य ताराबहादुर बिकको स्वागत र धनवहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment