५६ वर्षे देवकी विकको बीभत्स हत्या

दाङ , साउन ८, विभेद विरुद्ध अभियान ।दाङमा एक जना महिलाको विभत्स हत्या गरेको अवस्थामा शुक्रवार शव फेला परेको छ। घोराही नगर पालिका वडा नं.–४ चौघेराको कृष्ण टोलमा ५६ वर्षे देवकी विकको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठोरले जानकारी दिए।

उनले शबको नजिकै खुर्पा र हँसिया फेला परेको जानकारी दिए। मृतक विक त्रिपुर नगरपालिका वडा नं.–४निवासी रहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतक विकको मानसिक सन्तुलन ठीक नभएको आफन्तले बताएको जनाएको छ। मृतक विक विहिवार मात्रै आफनी बहिनी विमला विश्वकर्माको घरमा गएको प्रहरीले बताएको छ।

बहिनीको घरमा बास बसेकै समयमा देवकीको हत्या भएको प्रहरीले प्रहरी नायव उपरीक्षक राठोरले बताए। उनको सुतेकै स्थानमा शव फेला परेको थियो। विकको शव फेला परेपनि टाउको, मुटु, कलेजो भने फेला पर्न सकेको छैन। हत्यारोले टाउको नै लगेर गएको हुन सक्ने अनुमान गरिएको छ। मृतक विकको टाउकोको खोजि भइरहेको छ।

शुक्रबार बिहान नौ बजेतिर फेला परेको विकको शवको बाँया कोखातिर पनि प्वाँल पारेको देखिएको छ भने आन्द्रा भूँडि सबै बाहिर निस्कको अवस्थामा शब फेला परेको छ। बिकको विभत्स तरीकाले हत्या भएको र हत्याराको खोजि भइरहेको प्रहरीले बताएको छ।
देवकीको भान्सा घरमा सुतेकै स्थानमा हत्या भएको प्रवक्ता राठोरले बताए। तर प्रहरी प्रवक्ता राठोरले विमलाको देवर अन्दाजी ४० वर्षे रमेश विक घटना भए लगतै देखि फरार रहेको बताएको छ। विमलाको घर नजिकै बस्ने रमेश पनि मानसिक स्थिति ठीक नभएको व्यक्ति रहेको खुल्न आएको प्रहरीले बताएको छ।
प्रहरीले रमेशले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै खोजि कार्य तिर्व वनाएको छ। जिल्ला प्रहरी प्रवक्ता राठोरले भने, ‘जिल्लाको सम्पूर्ण नाकामा प्रहरी परिचालन गरिएको छ,घटनाबारे अनुसन्धान र फरारको खोजि भइरहेको छ , तर अहिले सम्म फेलापार्न सकिएको छैन।’
यसैबीच हत्या गरिएकी विकको शव पोष्ट मार्टममा सम्लग्न चिकित्सकहरुका अनुसार विकको भित्रि अंगहरुपनि फेला नपरेको बताएका छन्। उपचारमा सम्लग्न एक जना चिकित्सकले विकको शवबाट मुटु, कलेजो र फोक्सो फेला नपरेको जानकारी दिए।  विकको शवको बाँया कोखामा प्वाँल पारेको शुक्रवार नै स्पष्ट देखिएको थियो। आन्द्रा भूँडि सबै बाहिर निस्कको अवस्थामा शब फेला परेको थियो।
हत्या गरिएकी विक दाङ त्रिपुर नगरपालिका वडा नं.–४ स्थित आफनो दाजुकोमा बस्दै आएकी थिइन। प्रहरीले मृतक विकको मानसिक सन्तुलन ठीक नभएको आफन्तले बताएको जनाएको छ। प्रहरी प्रबक्ता राठोरले हत्याराले टाउको नै लगेर गएको हुन सक्ने अनुमान भइरहेकोले खोजि भइरहेको जानकारी दिए।

No comments:

Post a Comment