अन्तरजातीय प्रेम विवाहा गरेका दियालि माथि निर्घात कुटपिट

सुनसरी, असार २८ ,विभेद विरुद्ध अभियान– नेवारकी छोरी भगाएर बिहे गरेको भन्दै सोमवार ११ बजे सुनसरीको प्रकाशपुरमा एक युवकमाथि निर्घात कुटपिट भएको छ । एक महिनाअघि सुनसरी प्रकाशपुर–१ की सुष्मा श्रेष्ठसँग प्रेम विवाह गरेका प्रकाशपुर–६ का अनिल दियालीमाथि केटी पक्षका आफन्तहरुले निर्घात कुटपिट गरेको केटापक्षका आफन्तहरुले बताएका छन ।

आफुलाई कुटपिट गर्ने आफ्नै श्रीमतीको भाइ विजय श्रेष्ठ रहेको उनले बताएका छन । दलित यूवाले नेवारकी छोरी मन पराएर बिहे गरेपछि रिसले आगो भएको थिए । क्रिश्चियन धर्ममा आस्था राख्ने नेवार परिवारले आफू ठूलो जात भन्दै केही दिन देखि धम्काउदौ तर्साउदौ आएका थिए ।घरबाट स्थानीय बजारतर्फ जाने क्रममा साइकलमा आएका श्रेष्ठ परिवारका मान्छेहरु मध्ये विजय भन्नेले अर्को एउटा मान्छेको सहयोगमा कामी हाम्री दिदीलाई आँखा लगाउँछस् भन्दै एकाएक आफुमाथि कुटपिट थालेको पीडित दियालीले बताएका छन ।
कुटाइबाट दियालीको टाउको र कानमा गहिरो चोट लागेको छ । कुटपिटपछि दियालीसहितका स्थानीय अभिभावकहरुले प्रकाशपुर प्रहरीमा उजुरी दिएका छन । कुटपिटबाट घाइते बनेका दियालीको प्रकाशपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी प्रकाशपुरका प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए ।
घटना सम्बन्धि जानकारी भइसकेकाले दियालीलाई कुटपिट गर्ने व्यक्तिहरुको समुहको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए ।

No comments:

Post a Comment