संविधानको मस्यौदा माथि दलित अधिकारकर्मी बीच छलफल

बागलुङ -२०७२ साउन १ ,विभेद विरुद्ध अभियान । उत्पिडित दलित समुदायको सञ्जाल बागलुङले संविधानको मस्यौदामा दलित सवालका सन्दर्भमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मस्यौदामा उल्लेख भएका दलित हक अधिकार, छुटेको विषयवस्तु र दलित समुदायको भुमिकाका बारेमा राष्ट्रिय दलित आयोगका पुर्व सदस्य गोविन्द नेपाली र अधिवक्ता यामवहादुर चर्माकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यपत्र माथि उत्पिडित जातिय मुक्ति समाजका अध्यक्ष धनवहादुर परियार, दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष रविलाल बिश्वकर्मा, दलित सघंका तारावहादुर बिक, संघीय समाजवादी पार्टीका सचिव विरबहादुर परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

छलफलबाट जिल्लाका तीनै निर्वाचन क्षेत्रमा संविधानका बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्वर १ को बागलुङ बजार कार्यक्रम गरिसकिएको छ भने क्षेत्र नम्वर २ मा कार्यक्रम गर्नका लागि धनबहादुर परियार, ३ मा विरबहादुर परियार र गलकोट बिशेष इलाकामा यामवहादुर चर्माकारलाई जिम्मा दिइएको छ । 

अब बन्ने संविधानमा दलित समुदायका हक अधिकार सुनिश्चित गरी दलितमैत्री संविधान निर्माणका लागि मस्यौदामा छुटेका बिषयको उठान गरी समयमै सम्वोधनका लागी पहल गर्न कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष टकबहादुर बोहराले बाउनुभयो । कार्यक्रम उत्पिडित दलित समुदायको सञ्जाल बागलुङका अध्यक्ष टकवहादुर बोहराको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्र बोहराको स्वागत र सचिव सिताराम रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
source:- धौलागिरि जागरण दैनिक

No comments:

Post a Comment