श्रीमानको किरिया खर्च चलाउन नसकेर सहयोगको अपिल

प्रेम सुनार गुल्मी, २०७२ साउन १ ,विभेद विरुद्ध अभियान । श्रीमानले एक्कासी विष सेवन गरी आत्माहत्या गरे । अर्कैको डेरामा वसेकी उनी घर जाउन त घर छैन  । माईती जाउन त तल्ला जात संग विहे गरेकी भन्दै माईती जनले भित्र पस्न दिदैनन् । अन्ततः स्थानिय समाजसेवीहरुले अरुको घरमा किरिया क्रम गर्न पाईदैन भन्ने मान्यतालाई चिदैं अर्कैको दलानमा उनलाई श्रीमानको किरिया क्रम गर्ने व्यवस्था मिलाए । यो गुल्मी खज्र्याङ्ग गाविसको घटना हो ।
उनी अर्थात २२ वर्षको उमेरमा श्रीमान सुदिप परियारको किरिया क्रममा वसेकी गीता परियार । अर्घाखाँचीको चिदीका –२ पुर्खेयौंली घर भई खज्र्याङ्गमा डेरा गरी बसेका सुदिप परियारले खज्र्याङ्ग ४ की गीता नेपाली संग ८ वर्ष अघि प्रेम विवाह गरेका थिए । दलित–दलित बिचमा पनि चरम छुवाछुत र जातिय विभेदले जकडिएको हाम्रो समाजमा गीताका नेपाली जातका माईती जनले परियार जातीका सुदिप संग विवाह गरेको भन्दै घर भित्र पस्न दिएनन् । त्यसैले पनि न घरको आशा न माईतीको भरोसा भएकी गिताले श्रीमानको किरिया खर्च चलाउन नसकेर स्थानियवासीले आम सञ्चार माध्याम गुहारेर उनको उद्धारमा जुटेका छन् ।

<
सुदिपका बाबु सानै छँदा भारत तिर बेपत्ता भए । पछि आमा पनि बेपत्ता भईन् । सुदिप सहित चार भाई सात –आठ वर्षको उमेर देखि नै गाउँमा कसैको घाँस काट्ने त कहिले गिटी कुटेर हुर्कीदै आएका थिए । पछि दाजु कृष्णले अर्केको ट्याक्टर चलाउँदै आफ्ना परिवार पाल्दै आएका थिए ।
 भाई सुदिपलाई पनि ट्याक्टर चलाउन सिकाएर चालक अनुमति पत्र निकाल्ने पक्रियामा थिए । तर सुदिपले असार १६ गते खज्र्याङ्गको शौर्य खोलामा विष सेवन गरी आत्मा हत्या गरे पछि पुरै परिवार विचल्लीमा पर्नु प¥यो । गिताको काँखमा ४ वर्षिया छोरी छन् । उनिहरु खज्र्याङ्गका समाज सेवी बद्रि घिमिरेको दलानमा किरिया क्रममा वसेका हुन् ।

बिश्वका मानिसहरु एउटै परिवार हौं भन्ने मान्यतालाई अनुशरण गर्दै मानविय नाताले गितालाई आफ्नो घरमा किरिया क्रम गर्न दिएको घर बेटी घिमिरेले बताए । स्थानिय समाज सेवी महिला सिता भण्डारीले त्यो विजोग देखे पछि यस समाचार दातालाई बोलाएर उनिहरुको कथा व्याथा आम सञ्चार माध्यममा पुराउने जमर्को गरेकी हुन् ।
‘ किरिया खर्च जुटाउन समेत मुस्कील परे पछि सञ्चार माध्यम गुहारेकी हुँ ’– भण्डारीले भनिन् –‘यो परिवारको उद्धारमा लागि सवै संग सहयोगको अपिल गर्द छु ।
सुन्नुस ओझेलको खबर :- श्रीमान सुदिप परियारको किरिया क्रममा वसेकी गिता परियार के भन्छिन


स्रोत - इबाग्लुङ

No comments:

Post a Comment