दलितका सवालमा खोजमुलक पत्रकारीता गर्न संचारकर्मीलाई आग्रह

बागलुङ असार ४ -विभेद बिरुद्ध अभियान । विभेदरहित र समुन्नत समाज निर्माणका लागि सन्चारकर्मी र दलित अधिकारकर्मी एक आपसमा समन्वय गरेर अगाडी बढ्नुपर्नेमा आज बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । दलित गैरसरकारी संस्था महासंघ बागलुङको आयोजनामा भएको दलित सवाल र मिडीयाको भुमिका विषयक अन्तरकि्रया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।
सो कार्यक्रममा बोल्दै दलित अधिकारकमीैहरुले दलितका सवालमा खोजमुलक पत्रकारीता गर्न संचारकर्मीहरुलाई आग्रह गरेका थिए भने दलित अधिकारका कुरामा वकालत गर्ने क्रममा कुनै दवावमा पर्न नहुनेमा संचारकर्मीहरुले जोड दिएका थिए । साथै सहभागी संचारकर्मीहरुले मोफसलमा बसेर कलम चलाउने संाचारकर्मीहरुलाई दलितका बारेमा लेख्नलाई बिषयबस्तु उठानमा सहयोग गर्न दलित अधिकारकर्मीहरु लाई आह्वान गरेका थिए । सो कार्यक्रममा बिषयवस्तुको बारेमा जानकारी गराउदै गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य यामबहादुर चर्माकारले दलितका सवालमा संचारमाध्यमले वकालत गरीरहेको भएपनि पर्याप्त नभएको भन्दै छुवाछुतको समस्या राष्ट्रकै समस्या भएकोले प्राथमीकता दिन संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष हरीनारायण गौतमपत्रकार राजेशचन्द्र राजभण्डारी प्रकाश बराल किरण आचार्य संचारकर्मी दिल शिरीष ,नबिन शिशिर ,बबिता शर्मा, संजनकुमार सिह, प्रकाश सपुत ,संगम घर्ती लगायतले बोल्नुभएको थियो । 

साथै दलित अधिकारकर्मी उत्पीडीत दलित समुदायको संाजाल बागलुङका अध्यक्ष धनबहादुर परीयार दलित बर्ग उत्थान जिल्ला समन्वय समिती बागलुङका सदस्य धुब्र परीयारजुत्ता ब्यवसायी संघ बागलुङका अध्यक्ष नबिन किसान लगायतले बोल्नुभएको थियो ।
दलित गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मनोजकुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्शुनारायण बोहोरा र संचालन दलित गैरसरकारी संस्था महासंघका कार्यक्रम संयोजक उदबिर नेपालीले गर्नुभएको थियो ।

साभार:- इबागलुङ  

No comments:

Post a Comment