अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई सम्मान

उर्लाबारी, असार २१, विभेद बिरुद अभियान : अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ ।

दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछूत मुक्त समाज निर्माणका लागि जनचेतना सम्बन्धी हाम्रो अभियान’ विषयको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासी गौरव श्रेष्ठ र सोनिका सुन्दास, प्रमिला सुन्चोरी र सन्दीप कुमाल, सङ्गीता राई र मिलन विक, सागर तामाङ र मीना दर्जी तथा धनबहादुर दर्जी र सानुमाया धिमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजले दलितको हकअधिकार स्थापित गर्न गैरदलितलाई सहयोग गर्न आग्रह गदै गैरदलितको सहयोगबाट मात्रै दलितको हकअधिकार स्थापित हुने र नेपाली समाजलाई छुवाछूत मुक्त बनाउन सकिने बताए ।

No comments:

Post a Comment