गुल्मीका दलित महिलाहरुलाई कपडा सिलाउने मेशिन प्रदान


प्रेम सुनार गुल्मी, असार ३१- विभेद विरुद्ध अभियान ।
दलित समुदायको क्षेत्रमा काम गर्ने एक संस्थाले आज गुल्मीका दलित महिलाहरुलाई कपडा सिलाउने मेशिन प्रदान गरेको छ । नेपाल लोक सांस्कृतिक अनुसन्धान प्रतिष्ठान ललितपुरले यहाँका १२ जना दलित महिलाहरुलाई उक्त मेशिन र त्यसलाई आवस्यक अन्य सामग्रीहरु प्रदान गरेको हो ।
आज जिल्ला विकास समितिको सभाहलमा केन्द्रवाट आई पुगेको दलित नेताहरु र गुल्मी क्षेत्र नम्वर २ की समानुपातिक सभासद कमला वरालले एक समारोहका विच प्रदान गरेकी थिईन् । सिलाउने मेशिन पाउनेहरुमा हर्दिनेटा गाविसका ४ जना महिलाहरु रहेका छन् । कुर्घाकी १ जना , दरवारदेविस्थानका २ जना, खज्र्याङ्गकी १ जना, अमरपुरका २ जना र धुर्कोट रजस्थलका २ जना महिलाहरु रहेका छन् । १५ हजार मुल्य वरावरको उक्त मेशिन प्रदान गर्दै सभासद बिश्वकर्माले सिलाउने सिप सिकेर पनि मेशिनको अभावमा वसेका दिदी वहिनीहरुलाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा लिएको बताईन् ।
मेशिन हस्तान्तरण कार्यक्रममा केन्द्रीय दलित नेता एवं पत्रकार विनोद पहाडी, स्थानिय विकास अधिकारी डिलाराम पन्थी, नेपाली कांग्रेसका उप सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा एमालेका प्रतिनिधी जंग नेपाली , एमाओवादीका जिल्ला सचिव युवराज केसी लगायतको सहभागिता रहेको थियो । आजै केन्द्रबाट आएका दलित नेता विनोद पहाडी र सभासद कमला बिश्वकर्मा लगायतले यहाँका केहि दलित अगुवाहरुलाई सम्मान समेत गरेका छन् । दलित जिल्ला समन्व्य समिति गुल्मीको आयोजनामा सम्मान तथा प्रोत्सहान कार्यक्रममा विभिन्न गाविसका १४ जना दलित नेताहरुलाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा गुल्मीका दलित नेता गणेश बिश्वकर्मा, सभासद विश्वेन्द्र पासवानका स्वकिय सचिव दिनेश परियार, नेपाल लोक सांस्कृतिक प्रतिष्ठान ललितपुरका अध्यक्ष डिवि नेपाली, जागरण रेडियो वुटवलका दिपक बिश्वकर्मा , दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला वराल लगायतको विशेष आतिथ्यता थियो । दलित वर्ग उत्थान जिल्ला समन्व्य समितिका उपाध्यक्ष ईश्वरी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य धर्म बिश्वकर्माको सञ्चालन रहेको थियो ।
स्रोत- गुल्मी टाइम्स

No comments:

Post a Comment