दलित सभासदहरुले आफ्नो अधिकार सुनिश्चित गराउन तीन तहमा आन्दोलन गर्ने

काठमाडौ, १३ साउन, विभेद बिरुद्ध अभियान  । दलित सभासदहरुले नयाँ बन्ने संविधान मार्फत आफ्नो अधिकार सुनिश्चित गर्न संविधानसभा, पार्टी र संघर्षसमिति मार्फत सडक गरी तीन तहमा आन्दोलन सञ्चालन गर्ने भएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मान बहादुर विश्वकर्मामाले विभेदरहित दलितहरुको मुद्दालाई नयाँ संविधानमा समेट्न आफूहरुले तीन तहमा अभियान चलाउने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले संविधानसभा रहेका ४० सभासदले संविधानसभामा, जनआन्दोलनमा गठन भएको संघर्ष समितिले सडकमा र विभिन्न पार्टीमा रहेका केन्द्रीय सदस्यहरुले पार्टीभित्र दवाव मुलक अभियान चलाउने बताए ।
उनले अन्तिम समयसम्म आफ्ना अधिकार संविधानमा समावेश नहुने स्थितिमा संविधानसभा छाड्न समेत तयार रहेको घोषणा गर्दै अहिलेको आफूहरुको मुद्दा विभेद गर्ने समाज हटाएर आदर्श समाज निर्माण निर्माण गर्नु पर्ने भएकोले विभेदको लागि विशेष आरक्षणको ब्यवस्था हुनु पर्ने बताए ।नेकपा एमालेका सभासद जितु गौतमले दलितका मुद्दाहरु संविधानमा समावेश गराउन संबाद समिति, मस्यौदा समिति र संविधानसभामा अन्तिम समयसम्म लड्ने बताउँदै कुनै पनि मुल्य चुकाएर संविधानमा आफ्नो अधिकार सुनिश्चित गराई छाड्ने विश्वास ब्यक्त गरे । यद्यपि उनले मागहरु संबोधन नगरिए आन्दोलनमा समेत उत्रनु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।
उनले आफूहरुले राज्य नभई समान रुपमा सार्वभौम नागरिक हुन मात्र खोजेको स्पष्ट पार्दै संबैधानिक रुपमा आफ्नो भूमिका स्थापित हुनु पर्ने बताए ।
नेपाली कांग्रेसका सभासद मिनबहादुर विश्वकर्माले सबैको संविधान बनाउन खोज्दा अहिलेको मस्यौदा कसैको पनि बन्न नसकेको आफ्नो अधिकार सुनिश्चित गर्न पहिला बैद्यानिक आन्दोलनमा जाने बताए ।
उनले सभामुख र दलहरु नियमाबली विपरित गएकोले आफूहरु पनि बाध्य भएर नियम विपरित जानु परेको दावी गर्दै आफूहरुको माग पुरा नभए सभासद पद छाडेर आन्दोलनमा जाने चेतावनी दिए ।अहिले पनि ब्राम्हणले संविधान लेखिरहेकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको भन्दै उनीहरु जसरी प्रस्तुत हुन्छन आफूहरु पनि त्यसलाई हेरेर सोही अनुसार प्रस्तुत हुने स्पष्ट पारे ।थरुहट पार्टीका सभासद गोपाल दहितले दलित समूदायको अधिकार सुनिश्चित नहुन्जेल सडक र सदनमा आन्दोलनमा जारी राख्ने चेतावनी दिदै आफूहरुको कुरालाई नसुनिए संबाद समितिको बैठक समेत अघि बढ्न नदिने बताए ।उनले भने–आफूहरुको माग संबोधन नभए सबै ठाँउमा लड्छौ, अन्तिम दिन संविधानसभाको बैठक पनि अवरुद्ध गर्छौ ।

No comments:

Post a Comment