परम्परालाई तोडेर विवाहमा घोडामा चढ्ने पहिलो दलित दुलाहा बने

२६ असार, काठमाडौं -  विभेद बिरुद अभियान ।  विवाहको बेलामा दुलाहालाई घोडामा चढेको नदेखिएको होइन तर भारतको एउटा यस्तो गाउँ छ जहाँ उसले आफ्नो विवाहका दिन घोडामा बसेर इतिहास नै रचिदिएको छ । कुरा हो राजस्थानको पथरेडी गाउँको यहाँका दलितलाई अहिलेसम्म विवाहको बेलामा घोडामा बस्न मनाहि थियो । यहाँ माथिल्लो जातका भनाउँदाहरुले मात्र चढ्न पाउने र साना जातिले चढ्न नपाउने भन्ने चलन बसाएका थिए । तर एक जना दलितले यो परम्परालाई तोडेर विवाहमा घोडामा चढ्ने पहिलो दलित दुलाहा बने ।  करीब १२५ जवान पुलिस र प्रशासनका मानिस पनि त्यहीँ थिए कारण यस विषयलाई लिएर कुनै किसिमको घटना नहोस् । करीब ५० घर दलित रहेको यो गाउँमा अहिले सम्म कसैले पनि विवाहमा घोडा चढेका थिएनन् ।  
एक पुलिस अधिकारीले बताए कि हामी १२५ जना लाई सुरक्षाको लागि राखिएको हो । जन्ती निस्कने बेला करिब २० जना पुलिसकर्मी दुलाहाको घरमा राखिएको र दुलाहाले आफ्नो घरदेखि गाउँको मन्दिर सम्म घोडामा बसेर जाने तारतम्य मिलाएका थिए । त्यहाँ पुजा गरीसकेपछि जन्तीका साथ निक्लिए / एक स्थानीयले भने कि आजसम्म यो गाउँमा उचा जातका मान्छेले मात्र विवाहका बेला घोडामा बसेर निस्केका थिए तर आज अनिलले आÏनो विवाहमा पनि उनिहरुले जसरी नै घोडामा बसेर निस्कने इच्चा गरे र पुलिस र प्रशासनको मद्दत मागे । राजस्थानमा आजसम्म दलितहरुलाई मन्दिरमा पस्न, विवाहमा घोडा चढ्न र मलामी जान रोक लगाइएको छ । एजेन्सी 

No comments:

Post a Comment