“दलित दृष्टि” नामक पुस्तक विमोचन

सुनिता सुन्दास,साउन १४, विभेद विरुद्ध अभियान ।
जन उत्थान प्रतिष्ठानले “दलित दृष्टि” नामक पुस्तक विमोचन गरेको छ ।पुस्तक राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष मान वहादुृर नेपालीले विमोचन गर्नुभएको थियो ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष नेपालीले अहिलेको समसामयीक घटनामा आधारित पुस्तक भएकाले यसलाई उपलब्धीमुलक दस्तावेजको रुपमा लिन सकिने वताउनुभयो ।
डां याम वहादुर किसान र वावुराम विश्वर्माले सम्पादन गर्नभुएको पुस्तकमा, राजनितिमा दलित योगदान वढि प्राप्ति कम, नछोएका तीन दलित मुदा, नेपालमा वैदेशिक सहयोग दलित हेरेको हेरै, भूमिमा दलितको पहुच विर्सिएको पेचिलो मुद्धा, छुवाछुत विरुदको मुद्धा निमोनियाको विरामीलाई सिटामोल, अति दलित वनाईएका मधेशी दलित, मधेशी दलितका समस्या र समाधान, सैदान्तिक र ब्यवहारिक आँखामा दलित शिक्षा, दलित समस्या विशुद्ध राजनीतिक, दलित मामिलामा मिडिया दृष्टि र संघीय, स्व–शाषन र दलित गरी ११ वटा लेखहरु समावेश गरिएको छ ।
लेखकहरुमा विश्वभक्त दुलाल, डा. याम किसान, भरत नेपाली, डा. निर्मलकुमार विश्वकर्मा, मोहन साशंकर, भोला पासवान, गंगा महरा, डा. विद्यानाथ कोईराला, डा. कृष्ण भट्चन्, र डा. मुक्ति रिजाल रहेका छन ।

पुस्तक विमोचन कार्यक्रममा दलित नागरिक समाजका संयोजक पदम सुन्दास, वादी विकास समितीका उपाध्यक्ष पुस्प वादी, समाजशास्त्रि डा. कृष्ण भट्टचन, राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम वहादुर विश्वर्मा लगाएतका सहभागीहरुको उपस्थिती थियो ।
जागरण मिडिया सेन्टर बाट

No comments:

Post a Comment