म्याग्दी जिल्लामा राजनितिक दलित संघर्ष समिति गठन

सन्तोष गौतम, म्याग्दी -असार ४ -विभेद बिरुद्ध अभियान ।  म्याग्दी जिल्लामा क्रियाशिल विभिन्न राजनितिक दल सम्बद्ध दलित संगठनका प्रतिनिधिहरुको आईतबार बेनीमा सम्पन्न भएको भेलाले जातीय समता समाजका केन्द्रिय सदस्य छवी विश्वकर्माको संयोजकत्वमा संयुक्त राजनितिक दलित संघर्ष समिति गठन गरेको छ ।

जेष्ठ सदस्य मिनबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको भेलाले समितिको सदस्यहरुमा शिव बिक, बिरसिंह किसान, खिम हर्मे, नन्दबहादुर बिक, मनकुमारी बिक, कृष्ण विश्वकर्मा, शान्ति नेपाली, दलबहादुर मिजार र बलबहादुर बिकलाई चयन गरेको छ ।

यसैगरी टेकबहादुर बिक, गब्य परियार, मिनबहादुर बिक, याम किसान, प्रेम नेपाली र बिदुर बिकलाई आमन्त्रीत सदस्यमा चयन गरिएको छ । भेलाले संबिधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्दै साझा सुझावहरु समेत तयार गरेको सदस्य शिव बिकले जानकारी दिए ।
दलित समुदायलाई जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधित्वको अवसर प्रदान गर्नुपर्ने तथा अतिरित्त क्षत्तीपुर्तीको व्यवस्था सहित केन्द्र, प्रदेश र स्थानीय तहमा सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिने समितिले जनाएको छ ।


साभार:- इबागलुङ  

No comments:

Post a Comment