दलित अधिकार संघर्ष समिति द्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

रण बहादुर रम्तेल ।काठमाडौ ,साउन १४- विभेद विरुद्ध अभियान ।नयाँ संविधान निर्माण प्रक्रियाका सम्बन्धमा बनेको मस्यौदालाई दलितका अधिकार कटौती गरेको भन्दै दलित अधिकारकर्मीहरुले आज साउन १४ गतेका दिन भृकुटिमण्डपस्थित रिपोर्टस् क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । दलित अधिकार संघर्ष समितिले कार्यक्रमको घोषणा संगै सक्रिय उपस्थितिका लागि सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अनुरोध पनि गरेको छ ।
पूर्व सभासद् विनोद पहाडीको संयोजकत्वमा निर्माण भएको दलित अधिकार संघर्ष समिति २०७२ ले १२ बुँदे मागहरु अगाडी सार्दै साउन १४ गतेदेखि २० गतेसम्मका लागि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । कार्यक्रममा विशेष वक्ताका रुपमा उपस्थित सभासद दलबहादुर सुनारले नयाँ संविधानमा दलितका अधिकार नसमेटिए राजीनामा दिएर सडकमा आएर दलितको आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका थिए ।

विनोद पहाडीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कमला हेमचुरीले आन्दोलनका कार्यक्रम वाचन गरेकी थिइन् भने दलमर्दन कामी, दलित मुक्ति मोर्चाका नेता खिम ब. विश्वकर्मा, ओमप्रकाश भिके लगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । सोही अनुरुप भोलि साउन १५ गते ४ बजे बबरमहलबाट बानेश्वरसम्म आँखामा कालेपट्टी बाँधेर ¥याली गर्ने भएको छ ।

No comments:

Post a Comment