बाहुबली फिल्म माथि प्रतिबन्ध लगाउन माग

भारत , ६ साउन , विभेद बिरुद अभियान । बाहुबली फिल्मको विरोधमा फिल्महलमा पेट्रोल बम प्रहार भएको छ। भारतको तामिलनाडुस्थित मल्टिप्लेक्स हल बाहिर एक अज्ञात ब्यक्तिले बम फालेर भागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फिल्ममा दलितलाई पिछडाको रूपमा देखाएको भन्दै दलित संगठनले बम फिल्म प्रदर्शनको विरोध गर्दै आएका थिए।‘पुराची पुलिगल’ नामक एक दलित संगठनले तमिलनाडु सरकारसँग बाहुबली फिल्म माथि प्रतिबन्ध लगाउन माग गरेको छ।
तामिलनाडु पुलिसले बम आक्रमणमा कुनै क्षति नभएको जनाएको छ।बुधबार बिहान भएको घटना भए लगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो।

No comments:

Post a Comment