दलित सशक्तिकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

खेमराज अर्याल ,बुर्तिबाङ २०७२ साउन २ - विभेद विरुद्ध अभियान । जिल्लाको बोहोरागाँउ गाँउ विकास समितिमा हिजोदेखी सुर भएको दलित सशक्तिकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
दलित उत्थान समन्वय समिति वाहोरागाँउको आयोजना तथा बोहारागाँउ गाँउ विकास समितिको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा बोहोरागाँउ गाँउ विका समितिका ९ वटै वडाबाट गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।
दलित नेतृत्व विकास , क्षमता अभिवृद्धी तथा गाविस स्तरीय योजना निर्माण सम्बन्धमा प्रशिक्षण दिइएको बताइएको छ । तालिममा दलित उत्थान समन्वय समिति बोहोरागाँउका सल्लाहाकार लोकेन्द्र सुनार र समितका अध्यक्ष रेशम नेपालीले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रमका अवसरमा वोल्दै सामुदायिक रेडियो परीवर्तनका अध्यक्ष लोकेन्द्र एवं कार्यक्रमका प्रमुख अतिथी लोकेन्द्र सुनारले दलित सशक्तिकरण सम्बन्धी २ दिने तालिमले दलित अधिकार प्राप्तीका लागी एकजुट भइ आवाज उठाउन प्रेरीत गर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेसका तारानाथ पौडेल राष्ट्रिय जनमोर्चाका राम बहादुर चन्द , राप्रपाका मेघराज मल्ल , सहभागीका तर्फबाट चेत बहादुर सुनार स्थानिय बुद्धिजिवी थान वहादुर नेपाली खिम विक्रम शाही लगाएतले बोलेका थिए ।

कार्यक्रम दलित समन्वय समिति बोहोरागाँउका पुर्व अध्यक्ष रेसम नेपालीको अध्यक्षता समितिका सदस्य चेत बहादुर सुनारको स्वागत मन्तब्य र सचिव प्रेम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै सोही अवसरमा थान वहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यिय दलित उत्थान समन्वय समिति बोहोरागाँउको पुर्नगठन गरिएको छ । नवगठीत समितिको उपाध्यक्षमा रविलाल सुनार सचिवमा प्रेम नेपाली सहसचिवमा लाल बहादुर परीयार कोषाध्यक्षमा विक्रम शिर्पाली लगाएत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै आजै रेशम नेपालीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति पनी गठन गरिएको बताइएको छ ।
स्रोत #:धौलाश्री

No comments:

Post a Comment