दलित समुदायको अधिकार सुनिश्चितताका लागि ओलीलाई ज्ञापन पत्र

भोजपुर - २०७२ साउन १ ,विभेद विरुद्ध अभियान  । नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चितताको माग गर्दै मुक्ति समाज नेपाल जिल्ला कमिटि भोजपुरले बिहिबार ज्ञापन पत्र वुझाएको छ । समाजले राज्यका सवै निकायमा दलित समुदायको कम्तीमा १३ प्रतिशत अनिवार्य प्रतिनीधित्वको संवैधानिक व्यवस्था लगायतको १० वुँदे माग गरेको छ ।
समाजका अध्यक्ष् रविन शिवाको नेतृत्वको टोलीले नेकपा एमाले जिल्ला कमिटि भोजपुरका अध्यक्ष प्रेम कुमार राई मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र वुझाएको हो ।
उत्पीडित दलित समुदायका मुद्दाहरु प्रारम्भिक मस्यौदामा कटौति भएकाले उक्त सवालहरु नयाँ संविधानमा अनिवार्य रुपमा समावेश गर्न प्राथमिकतासाथ पहल गरिदिन आग्रह गर्दै पार्टी अध्यक्ष ओलीलाई ज्ञापन पत्र वुभाएको अध्यक्ष शिवाले वताए ।
ज्ञापन पत्र वुझ्दै अध्यक्ष राईले समाजले उठाएका दलित समुदायका माग जाहेज रहेको भन्दै संविधानमा समावेश गर्न पार्टीको महत्वपुर्ण पहल हुने विश्वास सहित ज्ञापन पत्र अध्यक्षसम्म तत्काल पठाउने बताए।









No comments:

Post a Comment