गुल्मीका दालित समुदायमा देश कैं नमुना कार्यक्रम सञ्चालन गर्ने


प्रेम सुनार गुल्मी, असार ३१- विभेद विरुद्ध  अभियान ।
राजधानीको एक संस्थाले गुल्मी जिल्लाका दालित समुदायमा देश कैं नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज सदरमुकाम तम्घासमा नेपाल लोक सांस्कृतिक अनुसन्धान प्रतिष्ठान ललितपुरका वरिष्ठ सल्लाहकार एवं पत्रकार विनोद पहाडीले दलित समुदायको परम्परागत पेशा र उनिहरुको सांस्कृतिलाई आधुनिकीकरण गर्ने देशकै नमुना कार्यक्रम गुल्मीबाटै सुरुवात गर्ने उद्घोष गरेका हुन् ।

‘ दलित समुदायको परम्परागत आरने पेशा, जुत्ता र कपडा सिलाउने पेशा उपेक्षित र पलायन हुँदै गएको छ । त्यसको संरक्षणका लागि हाम्रो संस्थाले यसै वर्ष देखि गुल्मीमा कार्यक्रम सञ्चालन गर्दै छ’– पुर्व सभासद समेत रहेका पत्रकार पहाडीले भने–‘ दलित समुदायको नौमति वाजालाई पनि आधुनिक र मर्यादित बनाउँदै लगिने छ । ’ उनले यहाँका सवै राजनैतिक दलका नेता र स्थानिय विकास अधिकारी डिलाराम पन्थीका रोहवरमा यस्तो उद्घोष गरेका छन् । यहाँ दलित समुदायमा सो संस्थाले यस्तो कार्यक्रम सञ्चालन गर्ने कार्यलाई यहाँको राजनैतिक दलहरुले स्वागत गरेका छन् ।
उनले अहिले सम्म राज्यले दलित समुदायको परम्परागत पेशाको संरक्षण र आधुनिकीकरण गर्ने तर्फ कदम नचालेकोले राज्यको माथील्लो निकाय , राजनैतिक दलहरुलाई घचघचाउँदै देशैभर यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको र त्यसका लागि जिल्ला र गाविस स्तरले समेत साथ दिनु पर्ने बताए । कार्यक्रममा सभासद कमला बिश्वकर्माले पनि गुल्मीमा दलितहरुको परम्परागत पेशा लोप हुँदै गएकोले सो संस्थालाई आग्रह गरी कार्यक्रम सञ्चालन गरिन लागेको बताएकी थिईन् ।
स्रोत- गुल्मी टाइम्स

No comments:

Post a Comment