मकवानपुरका एसएलसी उतीर्ण दलित विद्यार्थीलाई बधाई तथा सम्मान

युक्तलाल बिश्वकर्मा, हेटौंडा -असार ३१ - विभेद विरुद्ध अभियान ।नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठ्नको सयुक्त आयोजनामा मकवानपुर जिल्लाभरि बाट एस. एल. सी. परीक्षा -२०७१ मा उतीर्ण हुने दलित विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ।कार्यक्रममा केन्द्रीय सदस्य एबम नारायणी इन्चार्ज गणेश रसाइली केन्द्रीय सदस्य मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा नेकपा एमाले मकवानपुर संयोजक रामचन्द्र राई मोर्चा संगठन प्रमुख पद्मा पौडेल अञ्चल सचिव केशब रसाइली जिल्ला अध्यक्ष रत्नलाल बिश्वकर्मा सचिब कल्पना बिश्वकर्मा लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यार्थी अध्यक्ष कान्ति रसाइली को अध्यक्ष तामा, कृष्ण घिमिरेको सन्चालनमा र उपाध्यक्ष हरि मिजारको स्वागत मन्त्ब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला सदस्य पर्मेश्वर गजमेर ले मनोरञ्जनात्मक गीत गाएर कार्यक्रमलाई रोचक बनाउनु भएको थियो । कार्यक्रममा ३७ जना दलित विद्यार्थीहरुलाइ दोसल्ला कदर-पत्र सहित सम्मान गरिएको थियो ।





No comments:

Post a Comment