थुमपाखरका १५ बिपन्न परिवारलाइ सिलाई मेशीन बितरण

सिन्धुपालचोक , २० असार, विभेद बिरुद अभियान ।
सिन्धुपालचोक जिल्ला थुमपाखर गाबिसका बिपन्न समुदायको १५ परिवारलाइ आर्थिक जीवनस्तर माथि उकास्न तथा स्वरोजगार गर्ने उद्देश्यका साथ सिलाई मेशीन तथा औजार उप्लब्ध गराइएको छ  । नेपाल लोक सास्कृतिक अनुसन्धान प्रतिष्ठान ललितपुरले जिल्ला बिकास समितिको कार्यालय चौतारा सग समन्वय गरि आयोजना गरेको यश कार्यक्रममा उपेक्षित उत्पीड़ित दलित वर्ग उत्थान बिकास मंचको सहयोगमा सिलाई मेसिन उपलव्ध गराइएको थियो।

पूर्व सभासद् श्री बिनोद पहाडिको ज्युको प्रमुख आतिथ्यमा सम्पन्न यस समारोहमा दलित अधिकारकर्मी भद्र्मान मोते सहित प्रतिष्ठान , मंच र जिबीस चौताराका प्रतिनिधित्व समेत रहेको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले यश किसिमको सहयोगले सीपलाई व्यवहारमा उतारी वेरोजगारी घटाउने र लगानी अभावमा खुम्चिएका सीप तथा कलालाई खेर जान नदिने भनी बिस्वास ब्य्क्त गर्नु भएको थियो ।


No comments:

Post a Comment