सितापुर गाविसकै कमाण्डका रुपमा परिचित सिता सुनार

असार १७ गते ,विभेद बिरुद अभियान  इच्छाशक्ति भए चुल्होचौकोदेखि समाजसेवासम्म सक्रियता देखाउन नसकिने भन्ने हु“दो रैनछ । आफु र आफनो समाज परिवर्तनका लागि एकचित्त भएर कर्ममा लागे एकदिन पक्कै पनि सफलता मिल्दो रहेछ । आत्मशक्ति नै महान शक्ति हो यसलाई इच्छाशक्तिमा बदल्नु नै चुनौती हो । तर यस्ता चुनौतीलाई सामना गर्न सके वास्तवमै सफलता मिल्दो रहेछ । यसको एउटा उदाहरण हो बाँकेको सितापुर गाविसकी सिता सुनारको जीवनमा आएको आमुल परिवर्तन् ।
दैलेखको नारायण नगरपालिका वडा नं ३ बाट केही बर्षअघि बाँकेको सितापुरमा बस्ती आएकी सिता सुनार सामान्य परिवारका साथै दलित कुलकी महिला हुन् । सानैदेखि तिखो र खरो स्वभावकी सिता आफनो स्वभावकै कारण पटक पटक जातिय विवादमा पर्दै आईन् । खेती किसानी र घरमा चुल्होचौकोमै लामो समय विताएकी सिता अहिले सितापुर गाविसकै कमाण्डका रुपमा परिचित भएकी छन् । बाँकेको नेपालगन्जमा रहेको दलित महिला संघले दिएको तालिम र गरेको सामान्य सहयोगकै कारण आज सिता सितापुरमा सबैको आशाको केन्द्र समेत बन्न पुगकी छन् । चुल्होचौकोदेखि वडा नागरिक मञ्च र नेकपा एमाले गाविस स्तरमा राजनीति समेत गर्न भ्याएकी छन सिताले । यतिमात्रै नभई उनी अहिले सितापुर गाविसमा रहेका वन समिति, सहकारी संस्था, विद्यालय व्यवस्थापन समिति, खानेपानी समिति, जिल्ला विकास समिति अन्र्तगतको वडा स्तरीय महिला सन्जाल लगायतका दर्जनबढी संघसंस्थाको जिम्मेवारी
पदमा रहेकी छन् । उच्च शिक्षा हासिल गर्ने धोको रहेपनि विविध कारणले धोको पुरा गर्न नसकेकी सिताले एसएलसी भने गरेको बताइन् । उनले धेरै पढ्न नसकेपनि दलित महिला संघ बाँकेको सहयोगले गाविसमै पुरुष सरह समाजसेवा र नेतृत्व पाएकोमा खुशी व्यक्त गरिन् । श्रीमान् नेपाल प्रहरीमा जागिर गर्दा श्रीमान्कै भरमा दिन विताइरहेकी सिता अहिले आत्मनिर्भर भएकी छन् । दलित भएकै कारण हिजो उनीप्रति सशंकोचित भावना राख्नेहरुलाई गतिलै झापड समेत दिएकी छन उनले समाजसेवाका माध्यमबाट । पुष्प महिला सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी सिताले आफु स्थानीय एक वन समितिको अध्यक्ष, एमालेको सितापुर गाविस ४ नंम्बर वडाको सदस्य, विद्यालय व्यवस्थापन समितिको सदस्य, खानेपानी समितिको सदस्य, नागरिक वडा मञ्चको अध्यक्ष, सुजना दलित महिला संघ सितापुरको अध्यक्ष लगायतका दर्जनबढी संघसंस्थामा आबद्ध रहेको जानकारी दिईन् ।

No comments:

Post a Comment