यौन शक्तिबर्द्धक जडिबुटी सेवनबाट भुवन लोहारको मृत्यू

बैतडी, पुस २५ - यौन शक्तिबर्द्धक जडिबुटी सेवनबाट यहाँका एक युवकले ज्यान गुमाएका छन् ।बुधबार राति दशरथचन्द नगरपालिका-४ पल्लाचौडालीका ३६ वर्षीय भुवन लोहारको मृत्यू भएको हो ।

औषधीको बढीमात्रा खाएर बेहोस भएका लोहारको उपचारका क्रममा जिल्ला अस्पतालमा बैतडीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले दिउँसो दार्चुलाका एक जडिबुटी ब्यापारीबाट गाउँमै किनेको 'मिठो' नामको बुटी खाएका थिए । यो जडिबुटी यौनशक्ति बढाउन र चिसोबाट बच्न प्रयोग गरिन्छ ।

No comments:

Post a Comment