परियारले बञ्चरो प्रहार गरेर विश्वकर्माको हत्या गरे

उदयपुर, माघ ११ – जिल्लाको बेल्टार गाविसम एक युवकले वञ्चरो प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् ।बेल्टार ९ माडिबासका पवन परियारले बञ्चरो प्रहार गरेर २३ बर्षका दीपक विश्वकर्माको हत्या गरेका प्रहरी निरीक्षक बावुरम पोखरेलले जानकारी दिनुभयो ।
पवनको मानसिक अवस्था ठिक नभएका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । दाउरा चिरिरहेका पवनसँग सामान्य भनाभन हुँदा उनले वञ्चरोले हिर्काएर दीपकको हत्या गरेका हुन् ।
घटनास्थलमै ज्यान गुमाएका दीपकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । बञ्चरो प्रहार गर्ने पवनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment