पाँचतले घर भत्किएर मृत्यु भएका तीन दलितको सामूहिक अन्त्येष्टि

भारतको गोवामा भवन भत्कँदा मृत्यु भएका नेपालीको शव ल्याउँदै गर्दा बिहीबार त्रिभूवन विमानस्थलमा । दुर्घटनामा पाँच जना नेपालीको मृत्यु भएको थियो ।फोटोग्राफर : सम्पूर्ण मानन्धर/ईकान्तिपुर
तुलसीपुर (दाङ), ३ माघ । गत पुस २१ गते भारतको गोवामा पाँचतले घर भत्किएर मृत्यु भएका दाङ जिल्लाको गोल्टाकुरी र फूलबारी गाविसका पाँचजना युवाको आज बिहान  गोल्टाकुरीको सिमलकुनाघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ ।मृतक युवाहरूको शव गएराति उनीहरूका घरमा पु¥याइएको थियो । मृतकको शव भारत सरकारले काठमाडौँसम्म र नेपाल सरकारमार्फत यहाँसम्म १२ दिनका दिन आइपुगेको हो ।  
अत्यन्तै विपन्न परिवारका युवा पैसा कमाउनका लागि केही समयअगाडि भारतको गोवा गएका थिए । एकै ठाउँमा काम गर्ने दाङका सातमध्ये पुस २१ गते राति सुतिरहेको समयमा पाँचतले निर्माणाधीन घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।मृत्यु हुनेहरूमा गोल्टाकुरी–८ बङ्गलापुरका ताराबहादुर खड्का, दीपक ओली, वडा नं ६ कलमखोलाका सीताराम विक, दीपेश विक र फूलबारी गाविसका डम्बर नेपाली रहेका छन् । अन्य दुई जना भने ड्युटीमा भएको हँुदा बाँच्न सफल भएका थिए । 
मृतक सबै युवा त्यहाँ सुरक्षागार्डका रूपमा कार्यरत थिए । अन्त्येष्टिमा विभिन्न सरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, मृतकका आफन्त तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment