|
गरीबीको ताण्डवः छोराछोरीलाई दशैंमा समेत मासु किनेर खुवाउन नसकेको
सुर्ताले दशैं नवमीको दिन ७ कात्तिक २०६९ मा आत्महत्या गरेका अयोध्यापुरी–७
चितवनका धनबहादुर परियारकी पत्नी गीता छोराछोरीका साथ ।
तस्वीरः सविता श्रेष्ठ |
यो
बर्षको दशै सकियो । हजारौ खसी,बोका,राँगा,कुखुरा,चरा —च्याखुरा लगायत अनेक
निर्दोष प्राणीको रगतले यो बर्षको दशै बगायो । मासु अझै सकिएको छैन ।
जोगाएर राख्ने ढंग धेरैले जानेकाले एकचोक्टा मासुसमेत खेरा जाने छैन ।
कसैले सुकुटी बनाएर राखेका छन, कसैले नुन मसाला नहाली भुटेर । बेस्सरी
सुकाईएको मासु पुस —माघसम्म खान मिल्छ भन्दैछन मासु प्रेमीहरु । मासुको
चिन्ता छैन।
नेपालमा
मासु सस्तो छैन । उसो त सागपात अननबाली क्यैजात सस्तो छैन । महंगीचाहि
सस्तै छ । आफ्नो गच्छे अनुसार धेरैथोर मासु सबैखाले मांसाहारीको पेटमा
परेको अनुमान गरेर शहर छिरेको भोलिपल्ट ननिको समाचार छापाले छापेको भेटियो ।
दशैले गरिबको मासु खाएछ । चितवन जिल्लाको अयोध्यापुरी गणेशगन्जका धनबहादुर
परियारको । १२ सन्तानलाई दशैमा मासु खुवाउन नसकेपछि नवमीको दिनमा घरभित्रै
झुन्डिएर मरेछन उनी ।
अयोध्यापुरी
गणेशगन्जका धनबहादुर परियार जातो बनाउने काम गर्दा रहेछन् । जति जातो
बनाएपनि गरिबीको जातोले पिस्न छोडेनछ । जातो बिक्ला र मासु किनौला भन्ने
सपना जातोभित्रै पिस्सिएछ । जातो बिक्ला र मासु किनौला भन्दै उनी अष्टमीको
दिनभर बेस्मारी भौतारिए रे । जातो मरिगए नबिकेपछि र उधारोमा मासु किन्न
नपाएपछि उनी घरभित्रै झुन्डेछन् । परिवारमा पहिरो पसेको छ ।
|
अयोध्यापुरी–७
चितवनका धनबहादुर परियारकी पत्नी गीता छोराछोरीका साथ ।
तस्वीरः
रमेशकुमार पौडेल
|
दुर्गा
भवानीले मासु खान्छिन कि खान्नन, मान्छेले उतिविघ्न सोधीखोजी गरेको छैन ।
खसीपाठाको कानभित्र बेस्सरी पानी छ्यापिदिएर ‘मान्यो मान्यो’ भन्दै
भवानीका नाममा बली चढाउने चलन सर्वत्र छ । तर, धनबहादुर परियारको घरमा
खसीपाठा या अरु ‘जिन्तु’ बली चढ्न मानिदिएनन् । परिणाम, उनी आफै बलिबेदीमा
चढिदिए । उनी आफू त मासु खाने—खुवाउने सबैखाले तमासाबाट सधैका लागी मुक्त
भए,१२ बालबच्चा र जीवनसंगिनीलाई भने अध्यारो सुरुङभित्र ठेलिदिए । घरको
मुली मास्सिएपछि अब अर्को बर्षको दशैमा कसरी मासुको जोहो गर्ने तिनले ? १२
बालबच्चालाई उनकी श्रीमती गीताले कसरी ‘भाततिहुन’ खुवाउने ? पढाइलेखाइ त
‘लक्जरी’ भइहाल्यो, लालनपालन पहाड बनेर उभिएको छ गीतासामु ।
धनबहादुर
परियारका ५ महिनाको दुधे शिशुदेखि २६ बर्षसम्मका १२ सन्तान यतिबेला
गरिबिको जातोअगाडी निरीह बनेर उभिएका छन् । बाबुराम भट्टराई सरकारले गरिबका
कार्ड बाड्ने हल्ला फ्याकेको छ शहरमा । एउटा कार्ड कम छापे भो कमरेड । अरु
कार्ड छाप्न पनि हतार नगरौ क्यार । लक्ष्मीको पूजा हुने चाड आउन दुई
सातापनि कम छैन । धनबहादुरजस्ता लक्ष्मीका सराप परेका अरु मनुवाले पनि
मिठाई,माला र मसला किन्न नसकेर ‘जातो यात्रा’ को बाटो समाते भने देशको
गरिबि धेरथोर घट्नेछ । गरिबको सरकारलाइ त्यो महायात्राले धेरथोर राहत पक्कै
देला । धनबहादुरको आत्माले शान्ति पाओस् । धनबहादुरको घरमा भात खान
भीआईपीहरु नपसुन् । धन हुने मनकारीको आँखा धनबहादुरको ‘अलपत्र’ परिवारतिर
परोस् । मनकारीको जय होस् ।
साभार :- शब्दचित्र डटकम
No comments:
Post a Comment