प्रधानाध्यापक विरुद्ध जातीय उत्पिडन सम्बन्धि जाहेरी दर्ता

परासी, पुस १७ -
जिल्लाको कुश्मा गाविस स्थित सिद्धार्थ उमाविमा उखान प्रयोग गर्ने प्रधानाध्यापक शषिभूषण पाण्डेविरुद्ध परेको जातीय उत्पिडन सम्बन्धि जाहेरी दर्ता गरि प्रहरीले प्रअ पाण्डेललाई हिरासतमा लिइएको छ । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि ऐन २०६८ अनुसार मुद्दा चलाउने भनि जाहेरी दर्ता गरेको हो ।
जाहेरी दिइने कक्षा १० मा अध्ययनरत जाहेरवाला विद्यार्थी बुद्धिलाल हरिजनबाट बयान लिइने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रधानाध्यापकलाई हिरासतमा राखिएको बताउदै जाहेरी अनुसार सो विद्यालयका शिक्षक सन्तोष तिवारी,जय प्रकास सिंह र सन्तराम यादवबारे पनि अनुसन्धान गरिने छ । अनुसन्धान प्रकृया पुरा गरि सरकारी वकिलको रायमा जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रहरी उपरिक्षक विष्णु हरि गौतमले जनाए । बुधवार अन्तिम पटक प्रजिअ कार्यकक्षमा छलफल हुदै गर्दा त्यहा पनि प्रअ पाण्डेले दलितविरुद्ध अभिव्यक्ति दिन थाले पछि छलफल बन्द गरि प्रहरीले मुद्दा दर्ता गर्न बाध्य भएको छलफलमा एक सहभागिले बताए ।
तीन साता पहिला प्रअ पाण्डेले कक्षामा पढाउँदै गर्दा हरिजनलाई दलितलाई हेयको दृष्टिले हेर्ने उखान प्रयोग गरेका थिए । छात्र हरिजनले प्रतिवाद गर्दा प्रअ पाण्डेसहित चार जना शिक्षकले उनलाई कुटपिट गरेका थिए । कुटाई खाएका छात्र हरिजनले दलित उत्पिडन भन्दै जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी फिर्ता गराउन विद्यालय व्यवस्थान समितिले दवाव दिँदै आएको थियो । सो जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतका शिक्षा कार्यालयका अधिकृतहरु दौडधुपमा लागेका थिए ।
प्रहरीले लामो समय जाहेरी दर्ता नगरे पछि सर्वदलिय दलित संघर्ष समिति गठन गरि दलित अगुवाहरु संघर्षमा उत्रेपछि प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको अधिवक्ता मनोज हरिजनले बताए । मुद्दा मिलाउन भनि जाहेरी लेख्ने अधिवक्ता  हरिजनविरुद्ध समेत प्रअ पाण्डेले दुई पटक विद्यार्थी सदरमुकाम ल्याएर प्रर्दशन  गराएका थिए ।
सोही घटनालाई लिएर विद्यालयमा विवाद हुदा गैरदलित विद्यार्थीहरुले कक्षा १० कै आर्की छात्रा सविता हरिजन माथि आक्रमण गरेका थिए । विवादको क्रममा प्रजिअको नायब प्रहरी उपरिक्षक (डीएसपी) सञ्जिव शर्माले प्रहरी पठाउदा उनि विरुद्ध पनि प्रअ पाण्डेले हुलाक मार्फत जाहेरी पठाएका थिए ।
(source : nepaldalitinfo@yahoogroups.com)

No comments:

Post a Comment