मेरो घरमा पसेर राँगाको मासु खान हुन्छ, तिमारो चुल्हो छुन हुदैंन

कालिकोट जुविथा वडा नं ४ माइधारामा २०६८ मंसिर २४ गते अर्को निन्दनीय घट्ना घट्यो, दलित माथि। दलितले होटलको चुल्होमा चुरोट सल्काएको निहुँमा दलितमाथि शाही ठकुरीहरुले  निर्ममतापूर्वकका हमला गरी हत्या गरे।३२ वर्षका मनवहादुर सुनार मीनवहादुर शाही र दीपवाहदुरशाहीकै साथी थिए, उनीहअरू एउटै राजनीतिक पार्टीमा समेत कार्यकर्ता थिए। मंसिर २४ गते राती मनि र शाही दीपवहशादुर शाही स्थानीय वालकुमारी शाहीको पसलामा रक्सी खाईरहेका थिए। साँझको साडे सात वजे वाहिरबाट मनवीर विश्वकर्मा, होटलमा आए अनि १० रुपैंयाका चुरोट किने। चुरोट सल्काउन चुल्होमा पुगेर चुरोट सल्काउँदै गर्दा चुल्हो नजिकै रहेको पानीको जग ढल्यो। पसल साहु वालकुमारी कमारूले जग ढलको थाहा पाए पछि तँ डुमलाई कसले चुल्हो छुन भन्यो... ’ भन्दै दाउराले कुट्न थाली । 

त्यससपछि मनवीरले पनि । डुम नभन है । मेरो घरमा पसेर राँगाको मासु खान हुन्छ, तिमारो चुल्हो छुन हुदैंन, त्यही पनि पसलको.....।’ भनेर प्रतिवाद गदैगर्दै गर्दा पसलका साहु  वालकुमारीका श्रीमान जसवहादुर शाहीले उनलाई डुम ! पर जा भन्दै लात्ती हानेर आँगनमा निकाले ।एक्लो मनवहादुर आफुमाथि अपमान भएपछि उनले पनि प्रतिकार गर्ने कोशीष गरे । तर जसवहाुदरको  घर छाउन आएका मनवीरकै चिनेजानको साथीहरु दीपवहादुर र मीनवहादुर वाहिर निस्केर । तँ डुमै त होस्  नि.....!’ भन्दै हिर्काउन थाले । रक्सीले मातिएका उनका साथीहरुले मनवीर आफ्नै पार्टीको साथी हो भन्ने पनि ख्याल नगरी उनीमाथि निर्घात मुक्का, लात्ती र दाउराले कुटपिट गर्न थाले । त्यहीवेलामा मनसिंह शाहीले दुवै पक्षलाई छुट्याई घट्नालाई साम्य पार्दै मनवीरलाई सुरक्षा दिदैं उनको घरको आधाबाटोसम्म पु¥याईदिए। निर्घात कुटिएका मनवीर अपमान सहँदै रातको ८ वजे आफ्नो घर आईपुगे र श्रीमति रेश्मा सुनारलाई ओछ्यान लगाईदे भन्दै पीडिमा अडेसिए। श्रीमती रेश्माले ओछ्यान लगाईदिएर पानी खुवाउँदै के भो कहाँ कस्ले के गरे भनेर बुझ्दै गर्दा र पुनः भीमवहाद शाही र दीपवहादुर शाही घरैमा आइपुगी तथानाम गाली गर्न लागे। 

ओरालो लागेको मृगलाई बाछीले पनि  लखेट्छ भनेझैं पिटाईले शीथिल भइ ओछ्यानमा ढलेका  मनवीरलाई शाहीहरुले । कमारो ! डुम, अझै मरिनस् की के हो ?’ रक्सीको जोशमा सुतेकै स्थानबाट तान्दै आँगनमा ल्याई पछारे। अनि उनको छातीमा घुँडा धसेर मुक्का पहार गर्न थाले। एउटा निर्धो र प्राणको पर्खाईमा बसेको मानिसलाई पहलमानले छातीमा घुँडा धसेर पिट्दा कस्तो दृश्य हुन्छ हामी एकक्षण कल्पना गरौं ! तिनीहरुले फेरि थप हमला गरेपछि तिमी डुमहरु, कोही पनि वाहिर आयौं भने सवलाई यसैगरी मार्छौ....।’ ठूलो स्वरमा गर्जिदै उनीहरु आफ्नो बाटो लागे । घरमा मनवीर श्रीमति रेश्मा र वालवच्चा कहालिन थाले । कुटाईले रगताम्मे भएर ढलेका मनवीरलाई उठाएर ओछ्यानमा राखिन्। एकातिर वालवच्चाहरु कहालिइरहेका थिए भने अर्कोतिर शाहीहरुको डंका र धम्की। अतः घर एकान्तमा रहेकाले र धम्की दिएकाले रेश्मा छिमेकी गुहार्न जान सकिनन्। यद्यपि, राती उनका काका राम सुनार, छिमेकीहरु जंगे सुनार र पर्व सुनार आए। डर धम्की, फेरि परिवारै कुटिने हो की भन्ने त्रासले रेश्मा र सानासाना नानीहरु रातभरी जागै बसे। 

वल्ल रात कट्यो। (एउटा रिपोर्टले पीडक दुवै पनि रक्सीले छोडेपछि राती मनवीरलाई रूंग्न आएको भन्ने बुझिन्छ) अनि भोलीपल्ट विहानै रेश्माले गाउँ गुहारिन। त्यतिवेलासम्म मनवीर अझ सिथील भइसकेका थिए। छरछिमेक आई छलफल भयो। प्रहरीमा उजुरी भयो। स्थानीय मानिस र प्रहरीको छानविन र छलफलमा मनि र दीपवहादुर शाहीले रक्सीको वेहोसीमा गल्ती गरेको भन्दै आफैं उपचार गरिदिने कवुल गरे। अनि मनवीरलाई प्रथमतः अस्पताल लान सुझाव दिए अनुसार गल्छे वजारमा रहेको अ.हे.व. डीलवहादुर शाहीको स्थानीय मेडिकलमा मनवीरलाई पु¥याईयो। त्यहाँपुग्दा मनवीर पानीको मात्रा कम भइ पिसाव वन्द भइसकेको थियो। डीलवहादुरले स्लाईन पानी चडाएपछि मनवीरको केही होस आयो। त्यसपछि मेडिकलको सल्लाहअनुसार उनलाई कुट्पिट् गर्ने दुवै र मनवीरका वुवालगायत प्रहरीको सहयोगमा उनलाइ म्यान्माचौरमा रहेको जिल्ला अस्पताल लगियो। मनवीरलाई बोकेर अस्पताल लानेहरु उनै पीडक मीनवहादुर शाही र दीपवहादुरशाही थिए। उनको शरीरलाई जिल्लासम्म एकोहोरो बोक्नुपरेपछि दीपवहादुरले तंैले जिल्ला देखाईस्। पख्। फर्किऊ न...।’ भन्दै पुनः धम्की दिएका थिए। तर म्यान्माचौर अस्पताल नजिकैको बजारको एउटा होटलमा एकैक्षण विश्राम गर्नलाग्दा मनवीरको मृत्यु भयो। त्यसपछि मनवीरको शवलाई पोष्टमार्टममा लागि फर्काइयो र २७ गते राती उनको शवदहन भयो। यता प्रहरीमा उजुर दिएअनुसार प्रहरीले मीनवहादुर शाही र दीपवहादुर शाही लगायत पसलवाला जसवहादुर वालकुमारीलाई समेत हिरासतमा लियो र म्यान्मा जिल्ला प्रहरी कार्यालयमा ल्याई कारवाही चलाईरहेको छ । 

 यो घट्नाका वारेमा जिल्लाका दलित अधिकारकर्मीहरुले देशब्यापी प्रचारप्रचार गरे। दलित गैरसरकारी संस्था महासंघ जिल्ला प्रतिनिधिले केन्द्रलाई सूचित गर्नुको अतिरिक्त स्थानीय तहमा रहेका मानवअधिकारकर्मीहरु , राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन र पत्रकारहरुसँग छलफल गरी हत्यारालाई हदैसम्मको दण्ड दिन अपिल ग¥यो। तदनुरुप महासंघ केन्द्रीय कार्यालयबाट पौष ५ गते स्थालगत अध्ययनमा गई घट्नाको छानवीन गरी आयो। छानवीनले पसलको चुल्होमा चुरोट सल्काएको निहुँमा पहिले मनवीरमाथि तथानाम गाली गर्दै हातपात भएको र मनवीरले पनि प्रतिवाद गर्न खोज्दा भित्रबाट मनवीरले चिनेजानेका साथीहरु मीनवहादुर र दीपवहादुर आई हमला गरेको, त्यतिमात्र नभई उनीहरु पुनः घरमा आई आक्रमण गर्दा त्यसको चोटले मनवीरको मृत्यु हुन पुगेको पुष्टि भयो महासंघ लगायतका संघसंस्था, राजनीतिक दल, मानवअधिकारकर्मीहरुको आन्दोलनका कारण राज्यबाट मनवीरलाई दलितका सहिद घोषणा गरी १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

 साभार:- मुक्तिको आवाज  

No comments:

Post a Comment