दलितका नाममा जाने रकम सचिवको खल्तीमा

अमृत अधिकारी- पाल्पा, ७ माघ । जिल्लाका विभिन्न स्थानमा लक्षित वर्गका लागि विनियोजन भएको वजेट आफूहरू नपाएको गुनासो महिला तथा दलितले गुनासो गरेका छन् । जिल्लाको विभिन्न गाविसमा महिला, बालबालिका, दलित तथा आदिवासी जनजातिका लागि वजेट विनियोजन भएपनि लक्षित समुदायले रकम कहाँ जान्छ भन्ने अत्तोपत्तो नपाएको उनीहरुले बताएका छन् । 

हेक्लाङ् गापविसका महिलाले लक्षित वर्गका लागि नीति अनुसार विनियोजन भएको रकमको बिल भरपाई गाविसमा पेस भएको तर के काम भयो भन्ने जानकारी नपाएको बताएका छन् । गाविसमा जाने लक्षित वर्गको रकम गाविस सचिवले नै दुरूपयोग गरेको स्थानीय महिला संमन्वय समितिका सदस्य सावित्रा सारूले गुनासो गरिन ।

स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा दलीय प्रतिनिधिलाई खुसी पार्ने सचिवले आफूखुसी रकम प्रयोग गरेको उनले आरोप लगाइन् । हेक्लाङ्ग गाविसको आर्थिक वर्ष २०६९/०७० मा महिला लक्षित कार्यक्रम सञ्चालनका छुट्याइएको ५४ हजार ८ सय रूपियाँ महिला संमन्वय समितिले नपाएको उनले बताइन् ।यस्तै आदिवासी जनजाति, महिला, अपांग, बालबालिका, दलित लगायतका नाममा जाने रकममा गाविस सचिवले अन्तै खर्च गरेको उनीहरूको आरोप छ । सरकारले गाउँ विकास समितिका जाने कुल वजेटको ३५ प्रतिशत लक्षित वर्गको शसक्तिकरण, क्षमता विकासका लागि विनियोजन गर्नुपर्ने नीति बनाएको छ ।  
साभार :- कारोबर 

No comments:

Post a Comment