नौ महिना नपुग्दै पतिले दोस्रो बिहे गरे पछि मनकुमारी दर्जी अलपत्र

पर्वत, माघ ७ -संगै जीउने र मर्ने कसम खाएर प्रेम बिबाह गरेको श्रीमानले नौ महिना मै सौता ल्याएपछि पर्वतकी एक युवती अलपत्र पर्नुभएको छ ।पर्वतको जिल्लाको खुर्कोट गाउँ बिकास समिति – ७ का २५ बर्षिय बिष्णुहरि परियारले बिबाहको नौ महिनामा नै दोस्रो श्रीमती ल्ःयाएपछि परियारकी पहिलो श्रीमती मनकुमारी दर्जी अलपत्र पर्नुभएको हो  ।
मनकुमारीका श्रीमान बिष्णुरामले आफ्नै स्कूले छात्रा १६ बर्षिया मनिषा बस्नेतसँग दोस्रो बिहे गर्नुभएको छ  । बिष्णुहरि र मनकुमारी बिचको प्रेम सबन्धपछि गएको  बैशाख १८ गते बिवाह भएको थियो । प्रेम सम्बन्धका कारण बिहे गर्न उहाँहरु बैशाख ११ गते नै घरबाट भाग्नु भएको थियो ।
तर बिबाह गरेको नौ महिना नपुग्दै आफूले पढाउने १० कक्षाकी छात्रा मनिषा बस्नेतसंग  पुस २९ गते बिष्णुरामले दोस्रो बिबाह गनुभएको  हो । परियार बागलुङ्ग जिल्लाको नरेठाँटी स्थित ईरा मदरल्याण्ड बोर्डिङ्ग स्कुलका शिक्षक हुनुहुन्छ ।
दोस्रो बिबाह गरेर घरमा ल्याएपछि आफूलाई घरबाट बाहिर निकालेको पीडित मनकुमारीले बताउनुभयो  । लोग्नेस्वास्नीको सम्बन्ध स्थापित भैसकेको र  कानुन बमोजिम योग्य र सक्षम रहेको अवस्थामा लोग्नेले धोका दिई दाम्पत्य अधिकारलाई हनन गरी पुनः अर्को विवाह गरेको भन्दै पीडित मनकुमारीले प्रहरीमा बहुबिबाहको निवेदन दिनुभएको छ  । उहाँले श्रीमान बिष्णुराम र मनिषाबिरुद्ध बहुबिबाहको मुद्दा दिनुभएको छ ।
साभार :-  दुर्गाप्रसाद शर्मा/उज्यालो ।

No comments:

Post a Comment