छोरीले दलितसँग विवाह गरेपछि परिवार नै सामाजिक वहिष्कारमा

जाजरकोट, पुस २६ – छोरीले दलित युवकसँग विहे गरेपछि जाजरकोट साल्माको एउटा परिवारलाई सिंगो समाजले वहिष्कार गरेको छ ।स्थानीय धर्मे बस्नेत र नानकली बस्नेतकी छोरीले दलितसँग विवाह गर्दा पनि केही गर्न नसकेको भन्दै गाँउलेले सामाजिक वहिष्कार गरेका हुन् ।
निर्मला बस्नेतले एक वर्षअघि स्थानीय गणेशबहादुर नेपालीसँग विहे गरेपछि भाइबन्धुहरुले हाडनाता तोड्ने, मृत्यु संस्कार, विवाह ब्रतबन्धलगायतका सामाजिक संस्कारमा एक्ल्याएका स्थानीय भागीराम जैसीले जानकारी दिनुभयो ।
समाजले अन्र्तजातीय विवाह गर्ने जोडी र परिवारलाई गाँउ छोड्न दवाव दिएको छ । माईती पक्षको धम्कीका कारण गाँउमा बस्न नसकेर विवाहित जोडी ८ महिना जाजरकोटकै दशेराको बडावनमा र २ महिना सदरमुकाम बसेको थियो । गाँउमा १५ घर बस्नेत परिवार छन् । समाजको वहिस्कारका कारण निर्भयपुर्वक बस्न नसक्ने अवस्थामा पुगेको पीडित गणेशबहादुरले बताउनुभयो ।
साभार:- -उज्यालो

No comments:

Post a Comment