दलित (सुद्र /अछुत) समुदायका बुद्ध र हिटलर - गोपाल सिवा



आज म केही साथीहरुले सामाजिक संजालमा उललेख गरेको र मलाई ट्याग गरेका दलित सम्बन्धि कुराहरुमा केन्द्रित हुदै केहि लेखन मन लाग्यो ।मनुस्मृतिको घिन लाग्दो चातुरबर्णमा आधारित सुद्र (अछुत ) बनाएकाहरु (जसलाई अहिले उत्पीडित र दलित भनेर बुझिन्छ ) को पीडा र संबेदनाको अनुभवलाई आत्मा साथ गर्दै समाज परिवर्तन र दिशाबोध गराउछु भन्ने बुदिजिबि र समुह दुवारा समय समयमा यो जुकरबक क्याफेको सामाजिक भितोमा सकरात्मक भन्दा नि नकरात्मक सब्द मिस्रित व्यक्त चिन्तनका अध्यारा पाटाहरु, बिचारहरु पढ्दा हजारौ टाउका भएका शेषनाघहरु नै भएको हो आत्मबोध हुन्छ । 

यधपी समग्रमा भनु पर्दा सर्बाधिक स्वीकृत व्यक्तित्व बुद्ध र सर्बाधिक घृणासपद  व्यक्तित्व हिटलर दुबै थरि बिचारका, चिन्तनका सुद्र (अछुत ), दलित समुदायमा छन्  । अब यी दुवै पक्षलाई शक्तिको रुपमा पर्योग गर्ने समय भएको छ । सकरात्मक त् त्यतिकै सकरात्मक छ त्यसलाई सुधारको आवश्यकता पर्दैन र त्यसलाई कुनै खोल लगाएर प्रस्तुत गर्नु पर्दैन तर नकरात्मक कुरालाई सकरात्मक रुपमा बदलिनु पर्छ । व्यक्तिगत स्वार्थ र अलगाववादी मानसिकताका कारण केहीले इतिहास देखि सुद्र (अछुत ), दलित भनेर अनेकौ तय तरिकाले अपव्याख्या गरीदिँदा यो सुद्र (अछुत ) दलित समुदायका बारेमा के हौ हामी र हाम्रो मुख्य समस्या के हो भनेर केही भ्रम सृजना भएको पाइन्छ । तर हजारौ बर्ष शोषित उत्पीडित भएकोलाई सूद्र,दलित त्यतिकै भएका हैनौ भनेर व्यहोरालाई गाली गरेर बस्ने दिन छैन अब ।

यथार्थमा गहिरिएर बर्णश्रमि समाज भित्र यसले सिर्जना गरेको शोषण उत्पीडन निर्मुलको उपाय खोज्ने हो भने अवस्था सकरात्मक छैन । खास गरि सुद्र (अछुत ) बनाएकाहरु सबैको सही प्रतिनिधित्व तब मात्रै हुन्छ, जब बर्णश्रमि समाज भित्र  सुद्र (अछुत) बनाएकाहरु साझा समस्या पहिचान गरेर सूनिश्चित हुन्छन । अहिले जे जति सुद्र (अछुत), दलित उत्पीडित को दाग मेटाउने काम भन्दा नि सब्दको आछेप लगाउने प्रकृयाहरु भएका छन् ति सबैले  अरु सुद्र (अछुत), दलित समुदायलाई अझ छायाँमा पारिरहेको अवस्था छ ।
 
हामी एक भएर हाम्रो समस्या पहिचान गरेर अघि बढ्नु पर्ने बेलामा हामी लाई सम्झाउने दलितका बुदिजिबि साथीहरु आफैले ठीक ढंगले बुझ्न नसकेर अलिकति असमयमा बहस शुरु गर्नुभएको छ ।अब बन्ने नया संबिधानमा सुद्र (अछुत ) दलित बनाएकाहरु लाई न्यायोचित ब्यबस्था गराउने यो बेला के दलित हौ र हैनौ भन्ने बहसको उपयुक्त समय हो ? कुनै युगमा बर्ण सोचले तयार गरेको सुद्र लाई हाम्रा अग्रजले जे जस्तो कारणले दलित भनेर बुझाउने काम गरे पनि अहिलेका समस्याको व्याख्या गर्न सकने भन्ने दलित सब्द नै छ । सुद्र या दलित निश्चित रुपमा हामी उत्पीडित भएका कमि दमै सार्की लगायत् अन्य २५ ओटा जतिको बुझाई हो ।

 सुद्र वा दलित , उत्पीडित भन्दा पनि राज्यको चरित्र र ब्यबहारिक सामाजिक ब्यबस्था प्रमुख कुरा हो । हामीले सुद्र वा दलित , उत्पीडित को पक्षमा कुन सब्द उपयुक्त हुन्छ भनेर अवलम्बन गर्ने कुरालाई स्थायी सिद्धान्तका रुपमा व्याख्या गर्नुहुँदैन । मुल कुरा हामीले हेर्ने भनेको त्यो राज्यको चरित्र कस्तो छ ? सबै नागरिकलाई राज्यको मुलधारमा ल्याउन कतिको कानुनी प्रक्रियालाई ब्यबहारिक रुपमा लागु गर्छ । मानबिय मूल्य मान्यतामा आधारित हो कि, सामन्ती सोच बोकेको हो कि ? यो हेरिनुपर्छ । सुद्र या दलित हो कि हैन भन्ने कुराले यो तय गर्दैन ।

अहिलेको यो गम्भिर परिस्थितिमा सुद्र (अछुत ), दलित  अगुवाहरु धेरै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने अवस्था छ । यति बेला गरिएको थोरै गल्तीले हाम्रै समुदाय बीच भावनात्मक फाटो आउनसक्छ । जो जस्को पक्ष वा विपक्षमा रहेपनि त्यो हुन दिनुहुन्न । मुल कुरा कसरी सुद्र (अछुत ) दलितहरुले राज्यबाट बढी अधिकार पाउने भन्ने हो । दुःखको कुरा, कहलिएका सुद्र (अछुत ) दलित  अगुवा र विद्धानहरु अहिले कोही एकातिर कम्मर कसेर लागेका छन्, भने कोही बुख्याचा भएका छन् । उनीहरुको दायित्व समुदायलाई सही मार्गनिर्देश गर्न सहयोग गर्ने हो । जुन पटक्कै भइरहेको छैन ।

अन्तमा बिभिन् सिप र कलाले पोख्त भएका हामी साठी लाख श्रमजीबीहरु जो कुनै काल खण्ड देखि सुद्र (अछुत ) दलित पारिएकाहरु समतामुलक  पहिचान र अस्तित्व सहित एक भएर बाँच्न सकौं ।नयाँ संविधानमा बाट नै प्रदत गर्ने आएको मौकालाई हामी सबै मिलेर हाम्रै पक्षमा प्रयोग गर्न सकियोस् ।  सुभ समय

No comments:

Post a Comment