छुवाछुत गर्नेलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी

 ०७० पुस २४ गते, डोटी । छुवाछुत गर्ने व्यक्तिहरूलाई कारबाहीको माग गर्दै  पुस २३ गते रानागाउँ गाविस-१ का मोहन भुलले सोही गाउँका धर्मराज जोशी र टेकराज जोशीका नाममा जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएका छन् ।

विद्यालयमा रिक्त रहेकेा कार्यालय सहयोगी र लेखापाल पदमा पदपुर्तीका लागि पुस १९ गते अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू बीच छलफल भइरहेका समयमा मोहन भुलले विद्यालय व्यवस्थापन समितिले पदपुर्ति गर्नसक्दैन भने राजीनामा दिनुपर्ने बताएपछि तिम्रो अधिकार छैन ? किन बढी बोलीरहेको भन्दै धर्मराज र टेकराजले अपशब्द प्रयोग गरी गाली गरेको आरोप पीडितले लगाएका छन् ।

आरोपित दुवै जनालाई पुस २३ गते नै प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए ।

No comments:

Post a Comment