विक परिवारलाई काज किरियाका लागि सहयोग गरिदिन सबैलाई अपिल

बागलुङ, १५ माघ -मलेशियाको एक प्राइभेट कम्पनीमा कार्यरत बागलुङको धम्जा गाविसका एक जनाको शव मृत्यु भएको १८ दिनपछि मंगलबार बागलुङ ल्याइएको छ । धम्जा–४ घर भएका नन्दलाल विकको शव १८ दिनपछि ल्याएर परिवारले धार्मिक संस्कार अनुसार स्थानीय भार्पोक खोला किनारमा अन्त्येष्टी गरेको छ । ऋण धन गरेर ३ वर्ष अघि मलेशियाको कुुनाल इन्टर प्राइजेजमा रोजगारीको लागि पुगेका विक खाना खाएर सुतेको र माघ २६ गते विहान मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ । आर्थिक अभावका कारण मलेशियामा रहेका नेपालीबाट चन्दा संकलन गरेर शव ल्याउनु पर्दा ढिलाई भएको हो ।
नन्दलाल विकको शवलाई काठमाण्डौबाट बागलुङ बजार ल्याउन पनि स्थानीयले चन्दा संकलन गरेका थिए । अत्यन्त न्युन आर्थिक अवस्था भएका कारण परिवारलाई जातिय संस्कार अनुसार काज किरिया गर्न समेत समस्या भएको छ । मृतक विकका श्रीमति सहित २ छोरा र १ छोरी छन् । उनकी श्रीमति भीम कुमारी विक पनि एक वर्षदेखि विरामी भएका कारण सामान्य मजदुरी समेत गर्न नसक्ने अवस्थामा रहेको स्थानीय सामाजिक अगुवा कुलबहादुर विकले जानकारी दिए । बस्ने बास र खाने गास नभएको विक परिवारले काज किरिया र बालबच्चाको पठन पाठनका लागी समेत सहयोग गरिदिन सबैलाई अपिल गरेको छ ।

No comments:

Post a Comment