२० गाविसमा संविधान निर्माण प्रकृयाका बारेमा समुदाय अभिमुखिकरण कार्यक्रम शुरु

विनोद परियार, रूपन्देही,१० माघ - जागरण मिडिया सेन्टर र स्थानीय अग्रसरताका लागि क्यानडा कोषको सहकार्यमा रुपन्देही,नवलपरसी र कपिलबस्तुका २० गाविसमा संविधान निर्माण प्रकृयाका बारेमा समुदाय अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ ।अब भन्ने नया“ संविधानमा सिमान्तकृत,दलित,महिला,जनजाती,मधेशी र उत्पीडित वर्गको अधिकार स्थापित गराउन समुदायस्तरबाटै दवाव सृजना गर्नुपर्छ भन्ने उदेश्यका साथ तीन जील्लाका २० वटा गाविसमा यस्तो कार्यक्रम शुरु गरिएको हो । संविधानसभाको पहिलो बैठक समेत बसिसकेको अवस्थामा अब चाहि सभाषदहरुले के गर्छन्,संविधानसभामा पुगेका सभाषदहरुले जनताको भावना बुझेका छन् की छैनन् नबुझेको भए जनस्तरबाटै दवाव दिनुपर्छ भन्ने सन्देश सहित समुदाय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश मरासिनीले बताउनुभयो ।

उहा“का अनुसार संविधान निर्माण भनेको ऐतिहासिक काम भएकाले प्रत्येक नागरिकले आफ्नो अधिकार स्थापित गराउनका लागि संविधान निर्माणको प्रकृयाकै बेला सचेत हुनुपर्ने भएकाले अभियान चलाईएको हो । माघ ९ गतेदेखि शुरु भएको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने छ ।पहिलो संविधानसभाका बेलामा समुदाय पनि सचेत नहुदा संविधानसभा असफल भएकाले अब चाहि सर्वाधरण पनि सचेत बन्न जरुरी रहेकाले आफुहरुले तीन जील्लामा अभियान सञ्चालन गरिएको जागरण मिडिया सेन्टरका सचिव शिवजी गायकले बताउनुभयो ।

 उहा“ले कपिलबस्तु,नवलपरासी र कपिलबस्तुका केहि गाविसहरुमा कार्यक्रम शुरु गरिएको बताउदै एक हप्ताभित्रमा सम्पन्न गरिएको जानकारी दिनुभयो । समुदाय अभिमुखिकरण कार्यक्रम रुपन्देहीको धकधई, असुरैना, मोतीपुर, सिदार्थनगर नगरपालिका, दुधराक्ष, रुद्रपुर, देवदह, आनन्दवन, लुम्बिनी, नवलपरासीको गुठिप्रसौनी, माकर, पञ्चनगर, सुनवल, रामग्राम नगरपालिका, कपिलबस्तुको वाणगंगा, विरपुर, कोपवा, कपिलबस्तु नगरपालिका र जयनगर  गाविसमा हुनेछन् ।जागरण र क्यानडाकोषकै सहयोगमा निर्वाचन अघि संविधानसभा सम्बन्धि अभियान सञ्चालन गरेको थियो ।
source:- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment