समानुपातिक सभासद दुलारी हरिजनको विरुद्धमा विरोध पत्र दर्ता

नवलपरासी, पुस २३ – एकीकृत नेकपा माओवादी नवलपरासीबाट समानुपातिक सभासद भएकी दुलारी हरिजनको विरुद्धमा पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता भएको छ । नवलपरासी जिल्लाबाट समानुपातिक सभासद भएकी दुलारी हरिजनको विरुद्धमा एक जना केन्द्रीय सदस्यसहित १३ जना राज्य समिती सदस्यहरुले केन्दीय कार्यालय मुद्दा दिएका हुन् । 
पार्टीमा कामै नगरेकी दुलारी हरिजनलाई पार्टीका केही मानीसहरुको स्वार्थमा सभासद बनाएर पुराना र ईमान्दार कार्यकर्ताहरुको अपमान गरेको भन्दै सो विरोध पत्र आफुहरुले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको बताएइको छ । हरिजनलाई सभासद हटाउन माग सहित केन्द्री कार्यालयमा मुद्दा गर्नेमा एमाओवादीका केन्द्रीय सदस्य एवं पुर्व सभासद चिनक कुर्मी, पुर्वसभाषद एवं पार्टीको अवध राज्य समिती सदस्य सिता बौडेल र अवध मधेश राज्य समिती सदस्यहरु बुद्धन अलि, सारदा पौडेल, माती रिजाल, भविश्वर तिवारी, पारस गौतम, लोक प्रसाद भुर्तेल, टंकमणी शर्मा लागायत रहेका छन् ।

No comments:

Post a Comment