दलित महिला भएको कारण स्वास्थ्य चौकीमा उपचार गर्न नमान्दा सुत्केरीको मृत्यु


राजेन्द्र न्यौपाने गोरखा, ११ माघ –गोरखाको बोर्लाङ्ग स्वास्थ्य चौकीमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । अनिता सार्की नाम गरेकी महिलाको बच्चा बाहिर निस्किए पछि मृत्यु भएको हो । महिलाको अत्यधिक रक्तश्राव भएपछि चौकीले गोरखा अस्पताल रिफर गरेको र केही समयमा नै उनको मृत्यु भएको स्थानीयले बताएका छन् । 
यसबारेमा जानकारी लिन लाग्दा स्वास्थ्य चौकीका इञ्चार्ज शिवहरी खनालसँग सम्पर्क हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विश्वराम श्रेष्ठका अनुसार अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सुनेको तर आफूलाई सबै कुरा थाहा नभएको बताउनुभयो । 
प्राप्त समाचार अनुसार दलित महिला भएको कारण स्वास्थ्य चौकीमा उपचार गर्न नमानेको र गोरखा अस्पताल ल्याउनेक्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको हेलचेक्र्याईका कारण पछिल्लो समय गोरखामा सुत्केरी महिलाहरुले ज्यान गुमाउने क्रम बढेको छ ।
साभार :- रातो पाटी

1 comment:

  1. बास्तवमा भन्ने हो भने यो जस्तो अन्याय अत्याचार के हुन सक्छ ? हे लोकमान सिंह, हे खिलाराज, हे प्रचण्ड यस्ता अन्याय गर्ने स्वाश्य चौकीका कर्मचारीलाई किन तुरुन्त बर्खास्त गर्दैनौ, किन यस्ता पिडितलाई न्याय दिदैनौ के तिमिहरु मिडियामा आउनलाई, देश बिदेशमा आफनो नाम सुनाउनलाई ठुला ठुला खेलहरुमात्र खेल्छौ किन ?, यो देशका जनता जसलाई आधारभुत आवश्यकता माथि आफनो अधिकार उपभोग गर्न पाउदैनन भने तिमिले बालुवा माथि महल बनाएको के अर्थ रह्यो ? फेरी त्यो बालुवा खोलाले बगायो भने तिम्रा ति महलहरुको के मुल्य रहयो ? यी दलित भनाउदाका यस्ता घटनाहरुले पक्कै पनि दलितहरुलाई केही निर्णय लिन अबश्य बाध्य पार्ने छ ।
    हे दलितका अधिकारका लागि लड्नेहरु हो किन यी आधारभुत आवश्यकता पनि भेदभाव गरिन्छ ? के तिनिहरु नेपाली नागरिक होईनन ? के तिनिहरु मान्छे होईनन ? के तिनिहरुको बाँच्न पाउने अधिकार छैन यो नेपालमा । कसैले सार्वजनिक धारामा पानी पिउन पाएको छैन, कसैले आप्mनो नागरिक भन्ने अधिकार पाएको छैन, कसैले आप्mनो ईच्छा अनुसारको बिवाह गर्न पाएको छैन । कसैले पढ्न लेख्न पाएको छैन । के का लागि लड्छौ हामी के अब हामी कलमले मात्र लड्न हो कि तरवार पनि उठाउने हो ? सोचेका छौ ? बिचार गरौ बेलैमा के जसले जे भन्यो त्यही मान्ने ? यो जातिय बिभेद गरेको हो भनेर चित्त बुझाउने? नत्र भने किन चाहियो हामीलाई अस्पताल, किन चाहियो हामीलाई त्यस्ता स्वाथ्यकर्मी अब के गर्नु पर्छ ?
    के यो हुने खाने र जान्ने बुभ्mनेको मात्र देश हो? भन्न सकिन्छ । किन भन्छौ गौतम बुद्धको देश, किन भन्छा,ै सीता भृकुटीको देश? कुन अर्थमा भन्छौ किन भन्दैनौ जान्ने बुझने, टाठा बाठा, भ्रष्टचारी, लेख्न पढ्न जान्ने २,४ कुरा जान्ने, आन्दोलन गर्न सक्ने, हत्या हिंसा गर्न सक्ने, लुट्न सक्ने, निर्दोष जनता मार्न सक्ने, दुःखीलाई दुख दिनेको देश हो भनेर किन भन्न सक्दैनौ? मानवले मानव भन्न नपाउने देश हो भनेर किन भन्न सक्दैनौ? देश बिदेशमा लाखौ करोडौको मुर्ति बनाएर आफनो खोक्रोपन किन देखाउन खोजिरहेका छौ? भाईलाई बैनीलाई मारेर, आमा बुवालाई घरबाट निकालेर तिमि कहिल्यै पनि धर्मात्मी बन्न सक्दैनौ । कहिले महान बन्न सक्दैनौ तिमि त्यो भ्रममा नपर नपर नपर ।

    ReplyDelete