जातीय विभेदका आरोपित शिक्षक धरौटीमा रिहा

०७० पुस २१ गते, नवलपरासी । रामग्राम नपा-३ निवासी सिर्द्धार्थ उच्च मावि कुश्माका प्राचार्य ४८ वर्षीय शशिभुषण पाण्डेय पुस २१ गते जिल्ला अदालतको आदेशमा ३ हजार रुपैयाँ धरौटी राखी तारेखमा रिहा भएका छन् । 
पाण्डेयले मङ्सिर २३ गते कक्षा १० का विद्यार्थी १६ वर्षीय बुद्धिलाल हरिजनलाई कक्षाकोठामा पढाउने क्रममा जातीय विभेदकारी उखान टुक्का प्रयोग गरी अपमान गरेको र उक्त शब्द फिर्ता लिन र आगामी दिनमा यस्तो अपमानजनक शब्द प्रयोग नगर्न अनुरोध गर्दा उल्टै विद्यार्थीलाई कुटपिट गरी निलडाम बनाएका थिए । 
सोही आरोपमा पीडित पक्षले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा पाण्डेयलाई पुस १७ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो ।उनलाई जातीय विभेद तथा छुवाछुत ऐन अन्तर्गत मुद्दा चलाएकोमा धरौटी राखी तारेखमा रिहा भएका हुन ।

No comments:

Post a Comment