तीन वर्षका युकेश बिक आमासँगै जेल बस्न बाध्य भए

म्याग्दी, पुस २२ – कर्तब्य ज्यान मुद्दामा आमा जेल परेपछि म्याग्दीमा एक तीन वर्षका बालक पनि आमासँगै जेल बस्न बाध्य भएका छन् र तीन वर्षका बालक युकेश आमा प्रतिमा बिकसँगै म्याग्दी कारागारभित्र बसिरहेका छन् ।बालकका बाबुले आमा गर्भवती हुँदै छोडेर गएको र उनको हेरचाह गर्ने कोही नभएपछि कारागारमा आमासँगै बस्न बाध्य भएको आमा प्रतिमाले बताइन् । गर्भवती अवस्थामा २०६७ जेठ २० गते जेल परेकी प्रतिमाले साउन १० गते बालकलाई जन्म दिएकी थिइन् ।
कारागारमै जन्मिएका युकेश पटकपट बिरामी भएपछि कारागार प्रशासनले काठमाडौं स्थानान्तरण गरेको थियो । बिस्तारै स्वास्थ्यमा सुधार आएपछि गएको मंसिर १७ गते बागलुङबाट म्याग्दी कारागार ल्याइएको कारागार प्रशासनले जनाएको छ । बालक युकेशका बुबाले दोस्रो विवाह गरेको प्रतिमाले बताइन् ।बालकलाई कुनै संघ संस्थाको जिम्मा लगाउने प्रयास भएपनि अहिलेसम्म बालकलाई कसैले जिम्मा नलिएको कारागार प्रमुख खगराज शर्माले बताउनुभयो ।
युकेशकी आमाको विवाह दर्ता तथा नागरिकता समेत नभएकाले बालकको हेरचाह गर्न चाहने संस्थालाई आधिकारिक रुपमा बुझाउन समस्या भएको उहाँको भनाइ छ ।खिमबहादुर बिकसँग २०६५ सालमा विवाह बन्धनमा बाँधिएकी प्रतिमाको ५ वर्षको जेठो छोरा युवराजलाई दुईवर्षदेखि पोखरास्थित एक गैरसरकारी संस्थाले शिक्षासहित अन्य सुविधा उपलब्ध गराइरहेको छ ।
साभार := प्रताप बानिया/उज्यालो । 

No comments:

Post a Comment