चितवनमा बाघको आक्रमणबाट टीकाराम परियारको मृत्यु

चितवन, ३ माघ -पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।बिहीबार साँझ आफ्नै खेतमा गएका दिव्यनगर गाविस वडा नं ४ का ४३ वर्षीय टीकाराम परियारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ ५ बजे खेतमा गएका परियार धेरै बेरसम्म पनि घर नफर्किएपछि खोज्न जाँदा बाघले आधा शरीर खाइसकेको अवस्थामा नजिकैको जङ्गलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

No comments:

Post a Comment