अन्तरजातीय पछि तीन पटक विवाह

कमल शर्मा/राजधानी- दैलेख,२७ पुस-
कसको रहर हुन्छ र एउटा श्रीमान छँदाछँदै अर्कोसगँ जान । अनि कसको मनले मान्छ होला र अर्काकै श्रीमानलाई स्वीकार गर्न । तर, जिल्लाकी एक महिलाले अन्तरजातीय बिहे गरेकै कारण तीनओटा
श्रीमान फेर्नुपरेको छ ।
दैलेख पादुका–४ की २८ वर्षीया सुशीला नेपालीले अन्तरजातीय विवाहकै कारण तीनओटा श्रीमान फेर्नुपरेको छ । पादुका –५ का शिक्षक नारायण गिरीसँग २०६१ सालमा अन्तरनातीय बिहे गरेकी सुशीलाबाट ७ बैशाख २०६२ साल पहिलो छोरा मोहन जन्मिएको थियो । शिक्षक गिरीले छोरा मोहन जन्मिएपछि इज्जत जाने भन्दै छोरासहित सुशिलाको विवाह गौरी–२ का रमेश नेपालीसँग २० हजार रुपैयाँ दिएर गराइदिए ।
शिक्षक गिरीले विवाह दर्ताको प्रमाण पत्र र छोराको जन्म दर्तासमेत रमेशकै नामबाट गराइदिए र मुक्त बने । विवाह गरेका रमेशले पनि पाएको रकम सकिएपछि सुशिलासँग झगडा गर्न थाले । झगडापछि उनी माइत गइन् र माइतमा पनि बस्न नसक्ने भएपछि पुनः उनले २०६६ साल नारायण नगरपालिका–९ का बललहादुर दमाईसँग तेस्रो विवाह गरिन । बिहेपश्चात् कुनै कुरा खोली दिने हो की भन्दै पुनः शिक्षक नारायण गिरी नै आएर पनः छोरा मोहनको जन्मदर्ता र बिहे दर्ता गराएर गए । सुशिला तीन महिनासम्म बलबहादुर दमाईको जीवन साथी बनिन् र पुनः उनको घरबाट निस्किनुपर्यो ।
तीन महिनापछि उनको पेटमा बलबहादुर दमाईको गर्भ रह्यो । २०६६ साल असारमा बिहे गरेकी उनको ६ बैशाख २०६७ साल दोस्रो सन्तानका रुपमा छोरी जन्माइन् । शिक्षक नारायण गिरीसँग १३ वर्षको उमेर शारीरक सम्बन्धपछि जन्मिएको सन्तानको वैधाननिकता बारेमा सुशिलामा अहिले फेरि तनाब उब्जेको छ । कुनै पनि श्रीमानले पहिलो छोरो स्वीकार नगर्दा सुशिला अहिले सदरमुकाममा न्याय माग्दै भौंतारी रहेकी छन । उनको साथमा बलबहादुर दमाईबाट जन्मिएकी नाबालिका संगीतासमेत छन । उनको माइतमा जादाँ माइतीले गालीगर्ने गरेपछि काम गरेरपनि सन्तान पालन लागी सदरमुकाममा आएको बताइन । अहिले उनले दैनिक २ सयमा सदरमुकाममा काम गर्दै छोराछोरीलाई पाल्नका लागी जोहो गरिरहेको बताइन् ।
(स्रोतः राजधानी दैनिक)

No comments:

Post a Comment