हेटौंडामा पञ्चेबाजा–नौमती बाजा प्रतियोगिता आयोजना

हेटौंडा, माघ ११ । लोप हुँदै गएको पञ्चेबाजाको संरक्षणका लागि जिल्ला पर्यटन विकास समिति मकवानपुरले आज हेटौंडामा पञ्चेबाजा–नौमती बाजा प्रतियोगिता आयोजना गर्‍यो । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित प्रतियोगितामा छ वटा समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुदै भर्‍याङकालिका नौमती समूह सरिखेतले नगद४५ हजारसहित प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै, मनकामना पञ्चेबाजा समूह मनहरी दोस्रो, भैसेखानी पञ्चेबाजा समूह नामटार र कालिबने बाजा समूह आमभञ्ज्याङ तेस्रो तथा जनप्रगतिशील नौमती बाजा समूह आमभञ्ज्याङ सान्त्वना भए ।

प्रतियोगितामा क्रमश द्धितीयलाई ३० हजार र तृतीय हुने दुबै टिमलाई जनही दश–दश हजार तथा सान्त्वना हुनेलाई ५ हजार नगद प्रदान गरिएको थियो ।
f

No comments:

Post a Comment