अन्तरजातीय विवाहको कारण महिलालाई मानसिक तथा शारीरिक यातना

०७० पुस २४ गते,काठमाडौँ । अन्तरजातीय विवाह भएकै कारण चितवन जिल्ला घरभई हाल काठमाडौँ जोरपाटी नारायणटार बस्ने १८ वर्षीया सोनी दवाडीले यातना सहनु परेको छ । दुई वर्षपहिला मात्र सामाजिक परम्परा अनुसार २३ वर्षीय चिन्तामणी दवाडीसँग विवाह गरेकी सोनीलाई हाल आएर पतिले मानसिक तथा शारीरिक यातना दिने गरेका छन् ।

एक छोराको समेत जायजन्म भईसकेको अवस्थामा घरपरिवारले कुनै वास्ता नगर्ने, खानलाउन नदिने, कुटपिट गर्ने जस्ता गतिविधि दिनहुँ गर्न थालेपछि पीडित सोनी हाल माइतको शरणमा बस्दै आएकी छन् । पीडित सोनीको थर पहिले परियार थिइन् । पतिलाई विवाह दर्ता बनाईदेउ र खान देउ भन्दा, त इन्टरकास्ट गरेकीसँग कसले विवाह दर्ता गर्छ र खानदिन्छ भनि भन्ने गरेको पीडितले प्रहरीलाई बताएकी छन् ।

यसरी अन्याय सहेर बस्दै आएकी पीडित सोनीले आरोपित पतिलाई महिला हिंसा ऐन २०६६ बमोजिम कारबाही गरी लालनषोषण व्यवस्था मिलाईपाउँ भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा क्रेन्द्र कालिमाटीमा पुस २३ गते जाहेरी दर्ता गराएकी छन् । जाहेरी लगत्तै आरोपितलाई गिरफ्तार गरी कारबाही गर्न सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले निर्देशन दिएकी छन् भने घटनाउपर कारबाही प्रक्रिया अगाडि बढिरहेको सेवा केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment